दक्षिण कोरियामा भरखरै सम्पन्न तीज कार्यक्रममा छमछमी नाचेको दिदी बहिनीहरुको भिडियो हेरेर खुशी भएको मन तुरुन्तै फेसबुकमा दिल्लीमा नेपाली युवती सामूहिक बलात्कारको शिकार भइन् भन्ने समाचार पढ्न पुग्दा अमिलो बन्यो ।
विदेशमा काम खोज्न पुगेकी ती युवती कामको लागि अन्तरवार्ता दिन जादा पशुत्वको शिकार बनिन् तर यता अर्को विदेशमा स्वदेशमा झैा नाचिरहेका महिलाहरु कति भाग्यमानी जस्तै लाग्यो । महिलाहरुकै पर्व तिजमा देश विदेशका महिलाहरु नाच्दै खुशी मनाइरहेको बेला उता एक महिला भने रोदनमा डुबिरहेकी छिन् । कतै खुशी, कतै चित्कार । यो कस्तो संयोग । तीजको रमझममा रमाइरहेका महिलाहरुलाई परदेशमा एक नेपाली चेलीको यो चित्कारले कस्तो असर पार्ला ? मनमा कौतुहल जागिरहृयो ।
हिन्दु नारीको महान पर्व तीज धार्मिक तथा संास्कृतिक पर्व हुन् । दिनभर पानी समेत नखाइ पति र परिवारको लागि एक महिलाले आराधना गर्ने तीजको मुख्य धार्मिक विशेषता हुन् । त्यस्तै समाजमा महिलाले भोग्नु परेको पीडालाई गीत संगीत मार्फत प्रस्तुत गर्न पाउनु अर्को पक्ष हुन् । विशेष गरी हिन्दु नारीहरुले सौभाग्यको प्रतीक रातो पहिरन र गरगहनामा सजिएर आराधना गर्ने प्रचलन पुरानै हो । यसैलाई पछ्याउादै हाल तिजमा सबै महिलाहरुले रातो पहिरन र गरगहनामा सजिन थालेका छन् । निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो रातिसम्म विभिन्न मिष्ठान्न भोजन खाने चलन नै दरको रुपमा परिचित हो । त्यसैले तीज भन्नासाथ दर खाने ,रातो पहिरन र गहनामा सजिने र नाच गान भन्ने पहिचान नै बनेको छ अहिले ।
महिना अघिदेखि नै तिजकै बहानामा विभिन्न संस्थाले कार्यक्रम गर्दै आएकोले यो पर्व अहिले पारिवारिकभन्दा पनि संस्थागत बन्न पुगेको छ । सामाजिक होस् कि राजनीतिक हरेक संस्थाको वाषिर्क कार्यक्रममध्ये तिज पनि एक पर्न थालेको छ आजकल । त्यस्तै गीत संगीतमा पनि यसको लय लोकपि्रय बन्दै गएको छ । यसमा महिलाको समस्यालाई शब्दमा उनेर हालिने भाकाले दिन प्रतिदिन लोकपि्रयताको शिखर चुम्न थालेपछि संगीतिक भूमि पनि फष्टाएको छ । संगीतकर्मीहरु पनि मौलाएका छन् । त्यसैले पनि एक धार्मिक समुदायको यो पर्वलाई राष्ट्रव्यापी बनाउन मद्दत पुगेको छ । गैर हिन्दू नारीहरु पनि यसको धार्मिक पक्षलाई नमाने पनि अन्य पक्षसंग मोहित हुंदै तिजको समारोहमा सहभागी हुंदै आएका छन् ।
पछिल्लो समय तीजमा महंगो र आकर्षक डिजाइनको साडी अनि बहुमूल्य गहना प्रदर्शनीमा महिलाहरुको होडबाजी नै चल्दै आएको छ । नजानिादो प्रतिस्पर्धा नै बन्दै आएको छ । नयां पुस्ताका युवतीहरु यसमा भड्किलो रुपमा समेत प्रस्तुत हुन थालेका छन् । गीत संगीतमा पनि विकृति देखिन थालेका छन् । जसलाई नियन्त्रण गर्नु सबैको कर्तव्य बन्न पुगेको छ ।
विदेशमा त झन् नेपाली संस्कृतिको पहिचान नै बन्ने गरेको छ तीज । हुन त विदेशमा यसको धार्मिक पक्षलाई अनुशरण गर्न सहज छैन । त्यसैले पनि यस्तैमा आफूलाई सहभागी गराउनु नै ठूलो उपलब्धि ठान्छन् महिलाहरु । वर्षमा एक दिन सधैाको भन्दा फरक पहिरन साडी र गहनामा सजिनु , धेरै महिलाहरुसांग भेटघाट हुनु अनि नाच्न पाउनु नै मुख्य उपलब्धि हुनपुगेको छ तीजको । समय अभावका कारण धेरै संख्यामा भेला हुन नसक्ने महिलाहरु यस दिन भने समय मिलाएर भए पनि सहभागी हुन आइपुग्छन् । त्यसैले पनि संस्थागतरुपमा मनाउने तिज पर्वलाई अब सिर्जनशील बनाउन आवश्यक छ ।
यो पर्वमा कपडा र गहना प्रदर्शन मात्रै हैन महिलामा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने अवसरको रुपमा पनि मनाउन पाए, प्रतिस्पर्धात्मक कार्यक्रम गरी महिलाको बौद्धिक तथा कलात्मक प्रतिभालाई बढाउन यो पर्व एक सही मौका बन्न सके, ठाउा र समय अनुसार महिलाले भोग्ने पीडा फरक होलान् त्यसलाई संगीतलगायत विभिन्न माध्यमबाट प्रस्तुत गर्न सके, राष्ट्रव्यापी बन्दै गएको यो पर्वलाई अब समय र स्थान अनुसार नयाँ आयम थप्दै जानसक्यो भने झनै उत्सवको सार्थकता हुन्थ्यो कि ?
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा