अमेरिका । सञ्चारकर्मी जाङ्वु शेर्पा गीतकारका रुपमा उदाएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका जाङ्बुले आफ्नो एल्बम माइ वर्ड्समा विभिन्न शैलीका आधा दर्जन गीत समेटेका छन् । प्रायः गीत सेन्टिमेन्टल छन् भने एउटा गीतमा ल्होसारको लयमा जन्मथलो सोलु परिवेश र संस्कृतिको वर्णन छ ।
एघार वर्ष सञ्चार क्षेत्रमा बिताएका जाङ्बुले एल्बमको औपचारिक विमोचन भने गरेनन् । ‘गीतसंगीतमा विदेशमा बसेका पैसावालले लगानी गरेको या गीतलाई सस्तो बनाएको आरोप सुनेको छु’, उनी भन्छन्, ‘भावना सबैसंग हुन्छ । मलाई पनि मुलुक छाड्नुपर्दाको अनुभूतिले गीतकार बनायो ।’
त्यसो त जाङ्बु आफूलाई सौखिन गीतकार मात्र ठान्छन् । मनोरञ्जन पत्रकारिताका क्रममा गायक गायिका र संगीतकारहरुसंग उठबस गर्दा गीत कोर्ने रहर लागेको उनले सुनाए । भन्छन्, ‘सिर्जना क्षेत्रमा कुनै पनि मानिस एकैचोटी व्यवसायिक भएर आउंदैन् । प्रोफेसनल र कमर्सियल भन्ने विल्कुल दुई फरक पाटो हुन् ।’
एल्बममा हरि लम्साल, कालिप्रसाद बास्कोटा, लक्ष्मण शेष, बबी घतानीको संगीत छ भने निशा देशार, विश्व नेपाली, यम बराल, सन्तोष लामा, सनुप पौडेल र मेघ लामाले स्वर दिएका छन् ।
कथा, कविता लेख्नुभन्दा गीत लेख्नुमा सार्थकता देखेका छन् उनले । ‘किनभने गीत जसले पनि सुन्छ, जसले पनि गुन्गुनाउछ । मिडियाको फेभरेट पनि त्यही छ । कति मेरा कुरा समाजका हुन्छन्, कति समाजका कुरा मेरा हुन्छन्’, उनी भन्छन्, ‘चौरीको लेक, धूपीको बोट, हिमाली हावाको कुरा अझै गीतमा समेटिन बांकी छ ।’
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप