लन्डन । कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अन्तर्राष्ट्रिय निर्देशक साइमन मुरले नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।
आगामी दुई र तीन अगष्टमा उनको भ्रमण तय भएको हो । सिबीआइ विश्वव्यापी व्यावसायिक संघसंस्थाबीच वकालत गर्ने एउटा प्रभावशाली निकाय मानिन्छ । बेलायतमा मात्र उसको १ लाख ९० हजार व्यवसायसंग सामिप्यता छ, जहां ७० लाख मानिसले रोजगारी पाएका छन् ।
मुरको भ्रमण बेलायत नेपाल आपसी सम्बन्ध अभिवृद्धि र नेपालमा सम्भाव्य लगानी अवसरहरुको खोजी गर्नुरहेको नेपाल उद्योग वाणिज्य महासंघका बेलायतस्थित प्रतिनिधि प्रशान्त कुंवरले जनाए । भ्रमणको चांजोपांजो प्रशान्तले नै मिलाएका हुन् ।
भ्रमणका क्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल लगानी बोर्ड र अन्य उद्योगी व्यवसायीस“ग भेटघाट गर्ने कार्यक्रम छ । बेलायती राजदूत र अर्थमन्त्रीसंग भेट्ने योजना समेत उनले बनाएका छन् ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप