लन्डन । लन्डनस्थित नेपाली दूतावासले आयरल्याण्ड पुगेर नेपालको पर्वतारोहण पर्यटन प्रवद्र्धन गरेको छ । नेपाल आयरल्याण्ड सोसाइटी र दि माउन्टेनेरिङ आयरल्याण्डको सहकार्यमा दूतावासले १२ जुलाई शनिवार नेपाल आयरल्याण्ड माउन्टेनेरिङ एण्ड एड्भेन्चर फेयर नामक मेला आयोजना गरेको हो ।
डव्लिनस्थित रेडिसन व्लु होटेलमा आयोजित उक्त वृहत मेला कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री र डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले पानसमा दीप प्रज्वलन गरेर संयुक्त रुपमा गरेका थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सन् १९९९ मा मात्र नेपाल आयरल्याण्ड कुटनीतिक सम्वन्ध स्थापना भएपनि आयरल्याण्डसंग नेपालको सामिप्यता धेरै पुरानो भएको उल्लेख गरे । पछिल्ला वर्ष दुई देशबीचको आपसी सम्वन्ध अझ प्रगाढ बन्दै गएको उल्लेख गर्दै क्षेत्रीले आइरिस स्वयंसेवी, पर्वतारोही र आइरिस नागरिकले कयौं दशकदेखि नेपाल भ्रमण गरेको पनि स्मरण गरेका थिए ।
क्षेत्रीले उर्जा, व्यवसायिक लगानी, प्रविधि हस्तान्तरण, शिक्षा र अनुसन्धान जस्ता क्षेत्रमा विद्यमान अवसरमार्फत दुई देशबीचको सम्वन्ध अझ गाढा बनाउन दूतावासले सेतुको भूमिका निर्वाह गर्ने समेत बताए ।
मन्तव्यका क्रममा डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले मेलामा सहभागी हुन पाएकामा प्रसन्न हुंदै आयरल्याण्ड र नेपालबीचको सम्वन्ध थप मजवुत बनाउनुपर्नेमा जोड दिए । फिंगल काउन्टी काउन्सिल मेयर म्याग्स् मुर्रेले दुई देशबीच व्यापार व्यवसायको सम्भाव्यता छलफलमा सघाउने इच्छा व्यक्त गरिन् । आयरल्याण्डको नेपाली समुदायसंग निकट रहेकी इमर कोस्टेलोले नेपाली समुदायको हितका लागि सक्दो काम गर्ने अठोट व्यक्त गरिन् ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष एवं नेपाल पर्यटन बोर्ड प्रतिनिधि दीपेशमान शाक्यले आफ्नो संस्थाले नेपालको पर्यटन प्रवद्र्धनमा खेलेको भूमिकाबारे बताए ।
उक्त अवसरमा नेपाल पर्वतारोहण र पदयात्राको लामो अनुभव संगालेका आइरिस पर्वतारोही नोयल हाना, पउल देभानी, टोनी नेशन, डा.प्याट्रिक ओसुलेभान, फ्रेंक नुगेन्ट र जोन लिचले प्रस्तुति समेत दिएका थिए ।
मेलामा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्री, मिलिटरी अट्याची विश्वनाथ घिमिरे, कर्मचारी हरि हड्खले, र दूतावास परिवार, आइरिस नागरिक र नेपालका शुभचिन्तक सहभागी थिए ।
यसैबीच, कार्यवहाक राजदूत क्षेत्रीले आयरल्याण्ड भ्रमणका अवसरमा आइरिस विदेश मन्त्रालय र अन्य विशिष्ट अधिकारीहरुसंग समेत औपचारिक भेट गरि दुई देशबीच रहिआएको कुटनीतिक सम्वन्ध र हितबारे चर्चा गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा