लन्डन । ‘प्रहरी अधिकृतहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाइरहेको’ विवादास्पद अभिव्यक्तिका कारण महिना दिन विदा बस्न वाध्य एसएसपी रमेश खरेलले बेलायत आउंदा सम्मानै सम्मान पाएका छन् ।
व्यक्तिगत भ्रमणमा बेलायत आएका खरेललाई बेलायतवासी नेपालीले अपराध र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै स्वागत तथा सम्मान गरे । खरेलसंग फोटो खिचाउन र उनको सम्मानमा कार्यक्रम गर्न इच्छुकको तांती रह्यो तर खरेलले व्यक्तिगत भ्रमणलाई धेरै औपचारिक बनाउन चाहेनन् । उनले विगतका विवादास्पद राजनीतिक प्रसंग पनि कोट्याएनन् । गुण्डागर्दी नियन्त्रणमा बडो कठोर देखिने उनी बिना बर्दी भने ज्यादै सरल र हंसिलो देखिन्थे । ‘फोटो खिच्न तंछाडमछांड सर्वसाधारणसंग उहां मज्जासंग घुलमिल हुनुभयोे’, एक सहभागी भन्दै थिए ।
सहारा यूकेले उनको सम्मानमा फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गर्यो । उक्त अवसरमा एसएसपी खरेलले आफू कर्तव्य पालनमा कहिल्यै विचलित नहुने बताउंदै देश र नेपाल प्रहरीका तर्फबाट आफूलाई साथ दिएकामा सबैप्रति आभार व्यक्त गरेको सहारा यूके अध्यक्ष नवीन गुरुङले जनाए ।
उता, अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा पनि बेलायतवासी नेपालीले सम्मान गरे । उक्त अनौपचारिक कार्यक्रममा वहाल तथा अवकासप्राप्त ब्रिटिश आर्मीका कमिशन अफिसरहरु देखि करिव तीन दर्जन नेपाली संघसंस्थाका प्रमुख सहभागी थिए । भेटघाटमा खरेलले बेलायतवासी नेपालीमा नेपालप्रतिको माया र चासो देखेर आफू प्रफुल्ल भएको बताएका कार्यक्रम संयोजक हिराधन राईले जनाए । त्यसैगरि, चाल्टर्न नेपाली समाजको बीबीक्यू कार्यक्रममा पनि उनी विशेष अतिथीका रुपमा उपस्थित भए । खरेललाई एभरेष्ट इन रेष्टुरेन्टमा पनि सम्मान मिल्यो ।
श्रोतका अनुसार, खरेल नातेदारको बिहेमा एक्लै बेलायत आएका हुन् । यहां आएका बेला उनी स्कटल्याण्ड समेत घुम्न गए । उनी आज मंगलबार स्वदेश फर्कंदैछन् ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा