लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेको अध्यक्षमा किरण थेबे निर्वाचित भएका छन् ।
महासंघको आइबार अल्डरसटमा सम्पन्न पहिलो अधिवेसनले थेबेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित समितिका उपाध्यक्षमा विश्वासदीप तिगेला, सचिवमा प्रमिला लाबुङ राई, सहसचिवमा नगेन्द्रराज नेम्वाङ र कोषाध्यक्षमा विधाता राई निर्वाचित भएका छन् ।
यसैगरी, अन्य सदस्यहरुमा देवेन्द्र खेरेस, जानुका राई, भावना परिस्कृत सुनुवार, मिलन तमू, कुमार गुरुङ र पुष्पा गुरुङ चयन भएको नवनिर्वाचित अध्यक्ष किरण थेबेले जानकारी दिए ।
महासंघको तदर्थ समितिका अध्यक्ष पूर्ण गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेसनमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बु, नेपाल आदिवासी जनजाति महिला महासंघ, युकेका अध्यक्ष कमला थापा, नेपाल पत्रकार महासंघ, युके शाखाका अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा सचिव देवेन्द्र खेरेसले प्रगति विवरण र कोषाध्यक्ष विधाता राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेसन सम्पन्न गर्न महासंघले एकेन्द्र गुरुङ, नरेश काङमाङ राई र हरिकुमार गुरुङ काजी रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय