लण्डन । चौबीसै घण्टा ब्यस्त रहने ब्रिट्रिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) का पत्रकारहरु बुधबार दिउँसो केही क्षणका लागि शान्त देखिन्थे । अक्सफोर्ड सर्कसस्थित अत्याधुनिक बिबिसी ब्रोडकास्टिङ हाउसको चौथो तल्लामा उनीहरु खोज्दै थिए सुखी जीवन जिउने उपाय । उनीहरुलाई दिव्ब्यज्ञान दिँदै थिए नेपालबाट आएका – स्वामी आनन्द अरुण ।
नजन्मँदै फास्टफुडबाट भोजनादि शुरु गर्ने लण्डनमा पत्रकारहरुलाई स्वामी अरुणको पहिलो सुझाव थियो खानेकुरामा ध्यान राख्नु । जीवनमा ध्यानको महत्व र गुणस्तरीय जीवन जीउने कला आदिका बारेमा आधा घण्टाको प्रवचनपछि सहभागीहरुको जिज्ञासा शान्त पार्दै अरुणले भने, ‘मनलाई शान्त राख्नका लागि पहिलो कुरा खानेकुरामा ध्यान दिन जरुरी छ ।’
सात्विक र पौष्टिक आहारयुक्त खाना खान सुझाव दिँदै उनले थपे, ‘अधिक भोजन र शरीरलाई अनावश्यक जोश दिने भोजनले मनलाई अस्थीर बनाउँछ ।’ भोजन र मस्तिष्कका बीचमा अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्दै उनले भने, ‘एक गिलास दुधले तपाईलाई बल दिन्छ तर एक गिलास रक्सीले तपाईलाई बल त दिन्छ नै साथसाथै अनावश्यक जोश पनि ।’
ब्यस्तता हेर्दा मानिस र यन्त्रमा फरक छुट्ट््याउनै गाह्रो पर्ने दैनिकी भएका पत्रकारहरुलाई उनको दोस्रो सिफारिस थियो –कम्तीमा ६÷७ घण्टा सुत्नु । ‘हामी जति ब्यस्त हुँदैछौँ निन्द्रा त्यति कम्ती हुँदैछ । कम्तीमा दैनिक ६÷७ घण्टा सुत्नु शरीरका लागि अत्यावश्यक छ । त्यसो भयो भने शरीर चङ्गा हुन्छ र जागा रहन कालो कफी खानै पर्दैन’ उनले भने ।
हाँसो त हाँसो तर धेरै बनावटी हाँसो पाइने लण्डनमा उनको आखिरी टिप्स थियो दिनमा कम्तीमा आधा घण्टा हाँस्नु । ‘धेरै गम्भीर बन्दाबन्दै हामीले आफैँलाई दुःखी बनाउँदैछौँ’ उनले भने । विश्वको एक गरिब देश भुटान कुल ग्रार्हस्थ खुशीको विश्वव्यापी सूचीमा पहिलो नम्बरमा रहेको तथ्यांक तेस्र्याउँदै उनले भने – धनी हुनु र खुशी हुनु फरक रहेछ ।
मनमा अनावश्यक मोह र आशक्ति राख्नाले मानिसले आनन्द र खुशीको अनुभव गर्न नपाएको मात्र होइन आपसमा द्वन्द्व निम्तिएको पनि उनको धारणा थियो । आशक्ति र मोह त्यागेर मात्र मानिसले स्वतन्त्र विचार दिनसक्ने उनले बताए । ध्यानले मानिसलाई त्यही आशक्तिबाट मुक्त राखेर नविन र स्वतन्त्र सोच सोच्न मौका दिने उनको दाबी थियो ।
करिब एक घण्टे आप्mनो प्रस्तुतिका क्रममा उनले नेपालको बारेमा धेरैपटक उल्लेख गर्न छुटाएनन् । नेपाल गरिब देश भएपनि त्यहाँका जनतामा निस्वार्थ निश्चल हाँसो पाइने उनले बताए ।
काठमाडौँस्थित ओशो तपोवनका प्रमुख स्वामी अरुण हरेक वर्ष ध्यान शिविर सञ्चालन गर्नका लागि लण्डन आउने गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे