लण्डन । चौबीसै घण्टा ब्यस्त रहने ब्रिट्रिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) का पत्रकारहरु बुधबार दिउँसो केही क्षणका लागि शान्त देखिन्थे । अक्सफोर्ड सर्कसस्थित अत्याधुनिक बिबिसी ब्रोडकास्टिङ हाउसको चौथो तल्लामा उनीहरु खोज्दै थिए सुखी जीवन जिउने उपाय । उनीहरुलाई दिव्ब्यज्ञान दिँदै थिए नेपालबाट आएका – स्वामी आनन्द अरुण ।
नजन्मँदै फास्टफुडबाट भोजनादि शुरु गर्ने लण्डनमा पत्रकारहरुलाई स्वामी अरुणको पहिलो सुझाव थियो खानेकुरामा ध्यान राख्नु । जीवनमा ध्यानको महत्व र गुणस्तरीय जीवन जीउने कला आदिका बारेमा आधा घण्टाको प्रवचनपछि सहभागीहरुको जिज्ञासा शान्त पार्दै अरुणले भने, ‘मनलाई शान्त राख्नका लागि पहिलो कुरा खानेकुरामा ध्यान दिन जरुरी छ ।’
सात्विक र पौष्टिक आहारयुक्त खाना खान सुझाव दिँदै उनले थपे, ‘अधिक भोजन र शरीरलाई अनावश्यक जोश दिने भोजनले मनलाई अस्थीर बनाउँछ ।’ भोजन र मस्तिष्कका बीचमा अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्दै उनले भने, ‘एक गिलास दुधले तपाईलाई बल दिन्छ तर एक गिलास रक्सीले तपाईलाई बल त दिन्छ नै साथसाथै अनावश्यक जोश पनि ।’
ब्यस्तता हेर्दा मानिस र यन्त्रमा फरक छुट्ट््याउनै गाह्रो पर्ने दैनिकी भएका पत्रकारहरुलाई उनको दोस्रो सिफारिस थियो –कम्तीमा ६÷७ घण्टा सुत्नु । ‘हामी जति ब्यस्त हुँदैछौँ निन्द्रा त्यति कम्ती हुँदैछ । कम्तीमा दैनिक ६÷७ घण्टा सुत्नु शरीरका लागि अत्यावश्यक छ । त्यसो भयो भने शरीर चङ्गा हुन्छ र जागा रहन कालो कफी खानै पर्दैन’ उनले भने ।
हाँसो त हाँसो तर धेरै बनावटी हाँसो पाइने लण्डनमा उनको आखिरी टिप्स थियो दिनमा कम्तीमा आधा घण्टा हाँस्नु । ‘धेरै गम्भीर बन्दाबन्दै हामीले आफैँलाई दुःखी बनाउँदैछौँ’ उनले भने । विश्वको एक गरिब देश भुटान कुल ग्रार्हस्थ खुशीको विश्वव्यापी सूचीमा पहिलो नम्बरमा रहेको तथ्यांक तेस्र्याउँदै उनले भने – धनी हुनु र खुशी हुनु फरक रहेछ ।
मनमा अनावश्यक मोह र आशक्ति राख्नाले मानिसले आनन्द र खुशीको अनुभव गर्न नपाएको मात्र होइन आपसमा द्वन्द्व निम्तिएको पनि उनको धारणा थियो । आशक्ति र मोह त्यागेर मात्र मानिसले स्वतन्त्र विचार दिनसक्ने उनले बताए । ध्यानले मानिसलाई त्यही आशक्तिबाट मुक्त राखेर नविन र स्वतन्त्र सोच सोच्न मौका दिने उनको दाबी थियो ।
करिब एक घण्टे आप्mनो प्रस्तुतिका क्रममा उनले नेपालको बारेमा धेरैपटक उल्लेख गर्न छुटाएनन् । नेपाल गरिब देश भएपनि त्यहाँका जनतामा निस्वार्थ निश्चल हाँसो पाइने उनले बताए ।
काठमाडौँस्थित ओशो तपोवनका प्रमुख स्वामी अरुण हरेक वर्ष ध्यान शिविर सञ्चालन गर्नका लागि लण्डन आउने गरेका छन् ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो