
लन्डन । पासा पुच गुथि यूकेले ‘लन्डन इन्द्र जात्रा’मनाएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार फेल्थाममा ‘लन्डन इन्द्र जात्रा’मनाइएको हो । इन्द्रजात्रा काठमाडौंमा ८ दिनसम्म मनाइने पृथक र सांस्कृतिक महत्वको जात्रा हो । जात्रा अवलोकन गर्न नेवार समुदायबाहेक विदेशीसमेत गरी तीन हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।
इन्द्र जात्रामा बेलायतमै बनाइएका कुमारी, भैरव र गणेशको रथ तानिएको थियो । नेपालको जिवित देवी कुमारीको तस्विर टांगिएका ति रथ परिक्रमा गराईंदा दोश्रो पुस्ता निकै उत्साहपूर्वक सहभागी भए । अघिल्लो सन्ध्यामा गणेश र भैरवको विधिपूर्वक पूजा पनि गरिएको थियो । रथ तानेपछि अन्त्यमा ठड्याइएको यःसिं (लिङ्गो) ढालिएको थियो ।
जात्रामा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा प्रस्तुत गरिए । यसैका लागि गुथिका विभिन्न च्याप्टरमा झण्डै एक वर्षदेखि युवाहरुलाई धिमे बाजा प्रशिक्षण गराइएको थियो । लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदिमा युवा पुस्ता बढी सामेल भए ।
बेलायतमा विगत २५ वर्षदेखि लाखे नाच देखाइरहेका वरिष्ठ कलाकार विनोद चिपालुको नेतृत्वमा गरिएको लाखे महोत्सव र हाथु द्योः बाट थोंसहित समेंबजि डों (प्रसाद) चाख्न पनि हौसिए दर्शक । मौलिक नेपाली, नेवारी परिकार पस्किएका स्टलले पनि जात्रामा आकर्षण थपेको थियो ।
आयोजक पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित जात्रा गरिएको जनाउनुभयो ।
जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिएपनि कोभिडका कारण ५ वर्षपछि २५ औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताउनुभयो ।
कार्यक्रममा महासचिव प्रजेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो । सो अवसरमा प्रायोजक, सहयोगी, कलाकार, अतिथी एवं विशिष्ठ व्यक्तित्वलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा