
लन्डन । बेलायतमा यही अगस्ट २४ तारिखमा हुने १६ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमुधीं यूकेले जनाएको छ ।
तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी मेला तयारी पूरा भएको जानकारी दिइएको हो । नेपाली दूतावासको सहकार्यमा हुने मेला केम्पटन पार्क रेस कोर्समा हुनेछ ।
मेला संयोजक एवं संस्थाका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार झण्डै ५१ हजार पाउण्ड खर्च हुने अनुमान छ । मेलामा विभिन्न जातजाति र संघसंस्थाको झांकी, लोकसंगीत, नृत्य, हस्तकला प्रदर्शन, परम्परागत भेषभूषा तथा परिकारहरु राखिने छन् । खाना तथा च्यारिटीका झण्डै ७० स्टल र अन्य कयौं आकर्षण रहने जानकारी दिनुभयो ।
मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र उज्यालो नेपाल अभियन्ता नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहनुहुनेछ ।
अध्यक्ष जुमकाजी अध्यक्ष गुरुङले गत वर्ष गोर्खा कपबाट संकलित रकममध्ये १० प्रतिशत नेपालको लमजुङमा च्यारिटी कार्यमा सहयोग गरिएको भन्दै नेपाली मेलामा समेत आम्दानी वचत भए खर्च गरिने जनाउनुभयो ।

नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता