
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाएको छ ।
ग्याम्बलेनस्थित किरात हाउसमा अगस्ट ९ र १० तारिखमा विभिन्न व्यक्ति सम्मान, खेलकुदसहित विभिन्न प्रतिस्पर्धा गराइ आदिवासी दिवस मनाइएको हो । विश्वव्यापी रूपमा प्रत्येक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ ।
नेफिन यूकेले पहिलो दिन भलिबल र छेलो खेल आयोजना गरेको थियो । भलिबल प्रतियोगितामा २१ टिमको सहभागिता रह्यो। युथ टिमतर्फ ग्रिनिच टिम प्रथम भई १,६०० पाउन्ड नगद पुरस्कार जित्न सफल भयो भने अल्डरसट टिम दोस्रो भयो । पुरुष भेट्रानतर्फ प्रथम ग्रिनिच भलिबल परिवार, दोस्रो स्याङ्जा यूके बने।
महिला टिमतर्फ प्रथम मोना यूके, दोस्रो म्यानचेस्टर टिम रह्यो । भलिबल प्रतियोगिताको संयोजन नेफिन यूकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पाले गर्नुभएको थियो ।
दोस्रो दिन, १० अगस्टमा, यूकेस्थित विभिन्न जातीय संगठनहरूले आफ्नो परम्परागत भेषभूषामा सुसज्जित भई झाँकी प्रदर्शन गरेका थिए। झाँकी प्रतियोगितामा प्रथम मगर संघ यूके, दोस्रो किरात याक्थुङ चुम्लुङ यूके र तेस्रो किरात राई यायोक्खा यूके बने ।
यस वर्षको आदिवासी वर्ष पुरुष २०२५ मा दुत पुन र आदिवासी वर्ष महिला २०२५ मा गंगामाया दुरालाई प्रदान गरिएको थियो ।
धनुषकाँड (आर्चरी) र छेलो खेलका विजेताहरूलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले र सञ्चालन महासचिव फ्रम दुराले गर्नुभएको थियो । कार्यक्रमस्थलमा खाना, सुनपसल, बुटिक, नेपाली भाँडाकुडा लगायतका स्टल राखिएका थिए ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा