
लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ ।
नर्थ वेस्ट लन्डनमा बुधबार आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकी अध्यक्ष शर्मालाई एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले प्रविधिको माध्यमबाट भौगोलिक दूरीका बाबजुद पनि नेपाली समुदाय एकआपसमा जोडिन सफल भएको बताउनुभयो । उहाँले आफूलाई सम्मान गरेकोमा एनआरएनए यूकेलाई धन्यवाद दिनुभयो ।
अध्यक्ष शर्माले गैरआवासीय मुद्दाहरूमा नेपाली सञ्चारमाध्यमहरू सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, संघका उपाध्यक्ष रामशरण सिमखडाले नेपाल पत्रकार महासंघसँग लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाभित्रको विवाद समाधान प्रक्रियागत तरिकाले अघि बढाउन आग्रह गर्नुभयो ।
एनआरएनए यूकेका सल्लाहकार चिरञ्जीवी ढकालले पत्रकार महासंघको नेतृत्वमा महिला हुनु गौरवको विषय भएको बताउनुभयो ।
वरिष्ठ पत्रकार सुमन खरेलले अध्यक्ष शर्माको भ्रमणले नेपाल र बेलायतका पत्रकारहरूबीच अनुभव आदान–प्रदानको अवसर जुटाएको बताउनुभयो । उहाँले महासंघको शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीचको एकता कायम राख्न आग्रह गर्नुभयो ।
संघकी नवनिर्वाचित उपाध्यक्ष डा. रक्षा थापाले स्वागत मन्तव्य दिँदै पत्रकार महासंघको महिला नेतृत्व सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरएनए यूकेका विभिन्न पदाधिकारीहरू, पत्रकारहरू तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूमध्ये नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, इंग्ल्याण्ड राज्य परिषद्की अध्यक्ष राममाया बिष्ट, महिला संयोजक बिनु लामिछाने, प्रवासी नेपाली मंच यूकेका पूर्वअध्यक्ष दिनेश घिमिरे, आइसीसी सदस्य तुंगभद्र भुसाल र सरस्वती केसी लगायत उपस्थित हुनुहुन्थ्यो ।
एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रवक्ता श्याम लुइँटेलले गर्नुभएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा