
लन्डन । नेपाली संगीतको अन्तर्राष्ट्रिय पहिचान स्थापित गराउँदै आएको सांगीतिक समूह नेपथ्यले १२ वर्षपछि पुनः बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुति दिँदै छ ।
यही अगस्ट ९ तारिखमा वेम्बलीको एरिनामा नेपथ्यले प्रस्तुति दिन लागेको हो । प्रस्तुति दिन मूल गायक अमृत गुरुङ नेतृत्वको ब्यान्डका सदस्यहरू ६ अगस्ट, बुधबार बेलायत आइपुगेका छन् । उहाँहरुलाई आयोजक र शुभचिन्तकले एयरपोर्टमा स्वागत गरेका थिए ।
नेपथ्यले २०१३ को अगस्ट ३ मा पहिलोपटक वेम्बलीमा ऐतिहासिक प्रस्तुति दिएको थियो । ब्यान्ड व्यवस्थापन संस्था ‘नेपालय’ का अनुसार बेलायतको यसपटकको यात्रामा ब्यान्डका मुख्य गायक अमृत गुरुङ सहित ६ जना संगीतकर्मी र ८ जना प्राविधिक तथा व्यवस्थापक गरी १४ सदस्यीय टोली सहभागी छ।
मञ्चमा अमृत गुरुङलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) ले साथ दिनुहुनेछ ।
वेम्बली एरिना कन्सर्टको संयोजन बेलायतस्थित ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले गरिरहेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर