
काठमाडौं । तनहुँ समाज यूकेले नायिका सृष्टि रानाको उपचारका लागि १० लाख ५५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
तनहुँ भिमाद नगरपालिकाको सभाहलमा बुधबार ६ अगस्ट २०२५ (२०८२ साउन २१) आयोजित कार्यक्रममा नायिका रानालाई तनहुँ समाज यूकेले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको हो । चलचित्र ‘दिलसरा’की नायिका राना स्नायूसम्बन्धी जटिल रोगका कारण गम्भीर बिरामी हुनुहुन्छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य जीतप्रकाश आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुली, भिमाद नगरपालिकाका नगर प्रमुख दधीराज सुवेदी, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, वडाअध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस्तै दिलसरा चलचित्रको निर्माता हर्क आले, स्क्रिप्ट राइटर मीना थापा, संचारकर्मी मित्रहरुलगायतको उपस्थिति थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा तनहूँ समाज यूकेको प्रतिनिधित्व गर्दै सचिव शोभा गौतम र कार्यसमिति सदस्य डा.प्रकाश गौतमको उपस्थिति थियो ।

कार्यक्रममा तनहुँ समाज यूकेका अध्यक्ष सन्तबहादुर गुरुङ, सम्पूर्ण कार्यसमिति, संरक्षक, सल्लाहकार, भेगीय तथा क्षेत्रीय अध्यक्षहरू, तनहुँवासी तथा अन्य सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्न प्रताप राना र मनोज आलेको विशेष योगदान रहेको आयोजकले जनाएको छ । कार्यक्रमको अन्त्यमा तनहुँ समाज यूके परिवारले सृष्टि रानाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेको महासचिव महेन्द्र आलेले बताउनुभयो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा