
लण्डन । बेलायतको वारिकसायर काउन्टीमा समुदायिक सेवामार्फत काउन्टीबासीको उन्नत जीवनका लागि महत्त्वपूर्ण योगदान पुर्याएवापत छानिएका १०० जनामा दुई नेपाली मूलका समाजसेवी पनि परेका छन् ।
यसरी छानिनेमा ननिटन निवासी पूर्व गोरखा मेजर श्रीप्रसाद गुरुङ र ममता सुब्बा रहेका छन् ।
ननिटन तथा वेडवर्थका मेयर भीम सारुका अनुसार वारिकसायरभित्रका विभिन्न डिस्ट्रिक, टाउन र पेरिस काउन्सिलबाट छानिएका १०० जनालाई काउन्टीले चेन्जमेकरको सम्मान दिएको हो ।
मेयर सारुका अनुसार बेलायती सेनामा करिब ४० वर्ष सेवा गरेर निवृत्त हुनुभएका गुरुङ ननिटनको नेपाली समुदायको अगुवा हुनुहुन्छ । उहाँले समाजलाई अभिभावकत्व दिँदै आउनुभएको छ ।
यसैगरी सुब्बाले साताको एक दिन समुदायको लागि छुट्याएरै सेवा गर्दै आउनुभएको छ । कहिले योग, कहिले स्वास्थ्य सेवामा उहाँ स्वयंसेवा गर्नुहुन्छ ।
उहाँहरूलाई काउन्टीमा हालै आयोजित एक विशेष समारोहमा काउन्टीका मेयरहरूसमेतको उपस्थितिमा सम्मान गरियो ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने