
कार्डिफ, वेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको वेल्स राज्य समन्वय परिषद्को अध्यक्षमा डा. विकास रानाभाट सर्वसम्मत चयन हुनुभएको छ ।
१९ जुलाई २०२५ शनिबार वेल्सको राजधानी कार्डिफमा सम्पन्न एनआरएनए वेल्सको चौथो अधिवेशनले रानाभाटको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष बलराम अधिकारी, सचिव डा अमरध्वज मल्ल, सहसचिव सन्जिव मैनाली, कोषाध्यक्ष भोजनारायण रेग्मी, सहकोषाध्यक्ष सूर्य ढकाल छनोट हुनुभएको छ ।
यस्तै सदस्यहरुमा इन्द्र श्रेष्ठ, बाबुराम सुवेदी, केन्द्र लिम्बु, रामदत्त मिश्र, बाबुराम खनाल, ईश्वरप्रसाद काफ्ले र सुशील आचार्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।
२०२५/२७ को कार्यसमितिको लागि निर्वाचन प्रक्रियामा गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिको निर्देशनअन्तर्गत रहेर गैरआवासीय नेपाली संघ यूकेको वेल्स राज्य समन्वय परिषद्का नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको घोषणा गरिएको थियो । गैरआवासीय नेपाली संघ यूके राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले राज्य समन्वय परिषद्का संस्थापक अध्यक्ष तथा संरक्षक रामचन्द्र पोखरेललाई निर्वाचन अधिकृत तोकेबमोजिम उहाँले राज्य समन्वय परिषद् वेल्सको नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको घोषणा गर्नुभएको थियो ।
संस्थाका सचिव डा अमरध्वज मल्लले संचालन गरेको महाधिवेशनमा संस्थाकी कोषाध्यक्ष शोभा राणा पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक विवरण सभाले सर्वसम्मत पारित गरेको थियो । सभामा नेपाली समाज वेल्स, यूकेका अध्यक्ष पदम पुन, नेपाली समाज वेल्स यूकेका पूर्वअध्यक्षद्वय लक्ष्मी केसी र प्रसाद पुनलगायत वेल्सका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा धर्म सांस्कृतिक अभियान यूकेका अध्यक्ष डा पण्डित थानेश्वर पाण्डे, नेपाली समाज वेल्स यूकेका प्रतिनिधि सचिव बल थापा, गैरआवासीय नेपाली संघ यूकेका राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिषद्का संस्थापक अध्यक्ष तथा संरक्षक रामचन्द्र पोखरेलले सभालाई सम्बोधन गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघ यूके वेल्स राज्य समन्वय परिषद्का अध्यक्ष विभूषणमान श्रेष्ठको अध्यक्षतामा भएको महाधिवेशनमा उपस्थित सदस्यहरुबाट प्राप्त सल्लाह सुझावलाई भावी कार्ययोजनामा समावेश गरिने जानकारी नवनिर्वाचित अध्यक्ष डा रानाभाटले दिनु भयो ।
नवनिर्वाचित कार्यसमितिको शपथ तथा प्रमाणपत्र ग्रहण एनआरएनए यूकेको घोषणासभा २७ जुलाई २०२५ मा गरिने छ ।
कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष डा रानाभाटले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आगामी कार्ययोजनाबारे प्रकाश पार्नु भएको थियो । निर्वाचन अधिकृत पोखरेलले सम्पूर्ण सहभागी सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामन सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश