
लन्डन । नेपाली संगीत क्षेत्रमा अर्को नयाँ चुट्का गीत यूके लन्डन सार्वजनिक भएको छ।
दीप गुरुङको निर्देशनमा तयार गरिएको भिडियो दीप गुरुङ अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक दीपक गुरुङको आवाज रहेको छ ।
गीतको शब्द यूनिक थापा मगरले लेख्नुभएको हो भने संगीत गायक दीपक गुरुङकै रहेको छ । गीतको एरेञ्ज विशाल निरौलाले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गर्नुभएको छ । अडियो रेकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो।
गीतको भिडियो पनि उत्तिकै आकर्षक छ । आनन्द गुरुङ र लक्ष्मी थापा मगरको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोलाई अझ जीवन्त बनाउन कोरियोग्राफर आशिष गुरुङ, छायांकनकर्ता बिजय लामा, सम्पादक पदम सुवेदी र मेकअप आर्टिस्ट हेमा गुरुङको विशेष योगदान रहेको छ ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर