
राष्ट्रपति डा रामवरण यादवसँग शिष्टाचार भेट गर्दै चीनका विदेशमन्त्री वाङ यी । तस्बिर सौजन्य ः राष्ट्रपतिको कार्यालय
काठमाडौँ । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि बाह्य सहयोग जुटाउन आज बिहीबार यहाँ ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदैछ ।
बिहान आठ बजे सुरु हुने सम्मेलनमा राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नेछन् ।
बिहान ८ः४५ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गरी मन्तव्य दिनुभएपछि सम्मेलनबारे अर्थ मन्त्री डा रामशरण महतले प्रकाश पार्नेछन् । सम्मेलनमा भाग लिन आभएका मन्त्रीहरुको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सम्पन्न हुनेछ ।
सम्मेलनको दोस्रो सत्रको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक मन्त्री महतले गर्ने कार्यक्रम छ । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि सरकारले रु छ खर्ब ६९ अर्ब आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछ ।
अर्थ सचिव सुमनप्रसाद शर्माले कार्यक्रममा स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनका विषयमा जानकारी दिएपछि पिडिएनएमाथि छलफल हुनेछ ।
अपराह्न १ बजेदेखि पुनःनिर्माणका सम्बन्धमा तयार पारिएको भिडियो प्रदर्शन गरिने र त्यसपछि ३ः०० बजेसम्म सहभागीहरुलाई प्रतिबद्धता जनाउन दिन समय उपलब्ध गराइनेछ ।
अपराह्न ३ः३० बजेदेखि सुरु हुने प्राविधिक सत्रको सहअध्यक्षता आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र जापानका यासुमासा नागानीले संयुक्त रुपमा गर्नेछन् । यस सत्रमा आयोगका सदस्यद्वय डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले ‘पुनःनिर्माणका लागि दीर्घकालीन कार्यसूची र रणनीति’ बारे प्रस्तुति दिनेछन् ।
यस सत्रमा जाइकाका अध्यक्ष अकिहितो तानाकाले ‘बिल्ड ब्याक बेटर’ मा आधारित पुनःनिर्माण र तकिया किमियोले सहरी पुनःनिर्माण सम्बन्धमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । त्यसपछि विश्व बैंकद्वारा तयार पारिएको ‘ग्रामीण बसोबास’सम्बन्धी प्रस्तुति पेस गरिनेछ ।
त्यसपछिको छलफलसँगै यस सत्रको समापन हुने अर्थ मन्त्रालयले जनाएको छ ।
अपराह्न ४ः५० सुरु हुने दोस्रो चरणको प्राविधिक सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र भारतका पिके मिश्रले संयुक्तरुपमा सहअध्यक्षता गर्नु हुनेछ । यस सत्रमा गृहमन्त्रालयको ‘खोजी, उद्धार र राहत’ तथा भारतका डा वेन्काटेक्लम थिरुप्पुगजबाट ‘विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि’सम्बन्धी प्रस्तुति हुनेछ ।
त्यसैगरी, सम्मेलनको अन्त्यमा एसियाली विकास बैंकको ‘सार्वजनिक सेवा’सम्बन्धी प्रस्तुति हुनेछ । त्यसपछि छलफल भई सहअध्यक्षको मन्तव्यसँगै अपराह्न ५ः५० बजे सम्मेलन सम्पन्न हुनेछ ।
राजधानीको होटल सोल्टीमा सम्मेलनका सबै कार्यक्रम तय गरिएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथिको सुरक्षाको प्रबन्ध सरकारले मिलाएको छ । सम्मेलनका संयोजक तथा अर्थमन्त्री महतका अनुसार सम्मेलनको सुरक्षाको व्यवस्था गृह मन्त्रालयले र पाहुनाको मर्यादा क्रमअनुसारको आतिथ्यताको प्रबन्ध परराष्ट्र मन्त्रालयले गरेको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई