
काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौँमा पहिलो पटक अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट आयोजना हुने भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक संस्थाका अध्यक्ष सुदर्शन नेपालले सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट रहने जानकारी दिनुभयो । सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर, तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण, र स्थानीय समुदायको उत्थानबारे अन्तरराष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले अथक ऊर्जा र अदम्य साहस बोकेका साहसी आरोहीलाई एकै स्थानमा उपस्थित हुने यस मन्चमा हालसम्म १६ देशका १७७ भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता सुनिश्चित भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उपस्थित पाहुनाले आ–आफ्ना अनुभव साझा गर्दै साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी हुनेछन् ।
एभरेस्ट समिटियर्स समिटको मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथा, सफलताको अनुभूति, सङ्घर्षका क्षणहरू र सिकाइका पाटाहरू प्रस्तुत गर्ने रहेकोछ । त्यस्तै सम्मेलनमा संरक्षणको आवाजलाई विशेष प्राथमिकता दिइएको छ । सम्मेलनको महत्वपूर्ण आकर्षणको रूपमा वातावरणीय सन्तुलन र हिमाली क्षेत्रको दिगो भविष्यका लागि ICIMOD, IUCN, WWF, ZSL र NTNC जस्ता अन्तरराष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूको विशेष समर्थन प्राप्त भएको बताउनुभयो ।
सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” प्रदान गरी सम्मानित गरिनेछ । उनी जीवित इतिहास मात्र होइन, एक युगका प्रतिनिधि पनि हुन् । पर्वतारोहण क्षेत्रको योगदानलाई सम्मान गर्ने यस अवार्डले नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।
सम्मेलनका अन्य आकर्षणमा आरोहणका चुनौती, महिलाको सहभागिता, जलवायु सङ्कट, सुरक्षित प्रविधिलगायतका विषयमा गोष्ठी, एभरेस्ट सम्मान समारोह, हिमाली सांस्कृतिक महोत्सव, चित्रकला तथा पर्वतीय जीवनशैली झल्काउने झांकी, फोटो प्रदर्शनी, र उपकरण प्रदर्शनी सञ्चालन गरिनेछ । साथै, स्थानीय हस्तकला र हिमाली परम्परागत सामग्री समावेश गर्न नाम्चे, खुम्बु, कास्की, म्याग्दीलगायतका गाउँपालिका तथा नेपाल हस्तकला महासङ्घसँगविशेष सहकार्य रहेको छ जसले सम्मेलनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।
‘सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित यो सम्मेलनले हिमालमा बढ्दो पर्यावरणीय सङ्कट, जिम्मेवार पर्वतारोहण अभ्यास, र अन्तरराष्ट्रिय सहकार्यको आवश्यकताप्रति ध्यानाकर्षण गराउने विश्वास लिइएको छ । सम्मेलन नेपाललाई सुरक्षित तथा दीगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्द्धन गर्न र अन्तरराष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्वपूर्ण रहनेछ । एभरेस्ट समिटियर्स समिट २०२५ केवल कार्यक्रम होइन, सपना, सङ्घर्ष, साहस र सफलताको संगम हो, जहाँ सगरमाथा आरोहीहरूको अनुभव नयाँ पुस्तालाई प्रेरणाहुनेछ, र नेपाललाई विश्व पर्यटन नक्शामा थप मजबुत रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर हुने आयोजकले जनाएको छ ।
संस्थाले विभिन्न कार्यक्रम, कार्यशाला, र पहलमार्फत यस संस्थाले नेपालका हिमाली क्षेत्रलाई प्रवर्द्धन गर्दै वातावरण संरक्षण तथा उत्तरदायी पर्यटनका पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा