महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमिति आधिकारिक : परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वमा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिलाई आधिकारिकताको मान्यता दिएको छ ।

परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको उल्लेख गर्दै बिहीबार विदेशमा रहेका नेपाली दूतावासहरूलाई सर्कुलर जारी गर्नुभएको हो । परराष्ट्रमन्त्री आरजु राणाको निर्देशनमा पत्र लेखिएको समेत भनिएको छ ।

यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले वैशाख २० र २१ गते काठमाडौंमा एकता महाधिवेशन गरेर श्रेष्ठको नेतृत्वमा कार्यसमिति गठन गरेको थियो । ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले भने आगामी अक्टोबरमा १२ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । केसी नेतृत्वको एनआरएनलाई भने प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री