
लन्डन । १९८१ मा भर्ती भएका २/८१ इन्टेक नम्बरीले विभिन्न कार्यक्रमसहित ४४औं वर्षगाँठ मनाएका छन् ।
शनिबार १० मे २०२५ मा ब्लुकोट स्कुल बेजिङस्टोकमा २/८१ इन्टेक नम्बरीले राफल ड्र, तम्बोला र अन्य आकर्षक कार्यक्रमसहित वर्षगाँठ मनाएका हुन् ।
संस्थाका अध्यक्ष सुनिल राना, शोभामान गोले र पूर्वअध्यक्ष मेजर खुशीमान गुरुङले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । नम्बरी भेलामा उच्च शिक्षा हासिल गरेका, विवाह गरेका छोराछोरी र नातिनातिना भएकाहरुलाई खादा र प्रमाणपत्रसहित बधाई दिइएको थियो । उनीहरुले नम्बरीसँग खुशी बाँड्दै संस्थाका लागि प्रायोजन गरेको आयोजकले जनाएको छ ।
अर्को वर्ष ४५औं वार्षिक भेला नेपालको पर्यटकीय राजधानी पोखरा मनाउने भएकोले मेजर खुशीमान गुरुङको टिम (मेजर शोभित हमाल, रामलाल श्रेष्ठ र क्याप्टेन महेन्द्र लिम्बु र हङकङका संयोजक त्रिलोक गुरुङ)ले त्यसको गृहकार्यबारे जानकारी दिनुभएको थियो । संस्थाका सचिव शेर पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष बेल बुराथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष सुनिल रानाले वार्षिक रुपमा हुने जमघटमा नम्बरीले विगत सम्झिँदै एकापसमा भलाकुसारी गर्ने अवसर भएको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित तथा कारण बस उपस्थित हुन असमर्थ र प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने बेजिङस्टोकका नम्बरीलगायत सबै नम्बरीहरुलाई धन्यवाद दिनुभयो ।
दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल ड्र र नम्बरी नम्बर्नीको नाचगान चलेको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचनको व्यंग्यात्मक मुक्तक प्रस्तुतिले कार्यक्रममा थप मनोरञ्जन दिलायो । नम्बरीका छोरीहरु संगीता गैरे र लुइजा नेपालीको नाच प्रस्तुतिले माहोल तातिएको थियो। सदाझैँ उमा गुरुङको एकल नाचले वाहीवाही पाएको थियो ।
कार्यक्रममा वेल्स, ग्रान्थम केन्टलगायत ठाउँबाट समेत नम्बरीहरु उपस्थित थिए । राफल ड्रमा पहिलो पुरस्कार एड्भेन्ट्रा जर्निज लिमिटेड (सुमन पुन)ले सुनको माला, दोस्रो पुरस्कार द प्यालेस रेस्टुरेन्टले (सुनको चन्द्रमा काँटा), तेस्रोमा युनिभर्सल गोर्खा सेक्युरिटी सेर्भिसेस (कृष्णराज तामाङ)ले नगद २ सय पाउन्डलगायत आकर्षक पुरस्कार नगद स्पोन्सर गर्नुभएको थियो ।
पहिलो पुरस्कार पशुपति गुरुङ, दोस्रो प्रतिभा श्रेष्ठ, तेस्रो सरिता गुरुङले जित्नुभयो ।
राफल ड्र र तोम्बोलाबाट उठेको दुई लाख रुपैयाँ आउने वर्ष ४५औं वार्षिकोत्सव कार्यक्रममा पोखराको गोर्खा संग्रहालय र गोर्खा वेलफेयर ट्रष्टलाई दिने निर्णय भएको संस्थाका कोषाध्यक्ष बेम थापाले जानकारी दिए । ४५ औं वर्षगाँठ २० देखि २२ फेब्रुअरी २०२६ मा मनाउने कार्यक्रम तय भएको छ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?