
लन्डन । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँं,” उहाँले बीबीसी रेडियोसँगको अन्तवार्तामा बताउनुभयो । पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।
उहाँले भन्नुभयो, “हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ ।”
भारतले बुधबार बिहान पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो ।
बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् ।
यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान