
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसी समूहसँगको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित एनआरएनए उच्चस्तरीय आयोगले एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसकेको अवस्थामा बद्री समूहले नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
यही मे ३ देखि ४ सम्म चलेको महाधिवेशनबाट एनआरएनएको अध्यक्षमा जापानवासी महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उक्त महाधिवेन परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गर्नुभएको थियो । नयाँ कार्यसमितिले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गरिसकेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा