
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट जापानवासी महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
एनआरएनए उच्चस्तरीय समितिद्वारा ३-४ मे २०२५ मा काठमाडौंमा आयोजित महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । उपाध्यक्षहरू क्रमशः खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप तिगेला लिम्बू, बुद्धिसागर सुवेदी र जानकी गुरुङ चयन भएका प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै महासचिवमा बाबुराम लामा, सचिवमा क्रमशः टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे र देवकी खत्री गुरुङ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष माकृष्णप्रसाद पोखरेल, महिला संयोजकमा रश्मी थापा, युवा संयोजकमा भीमसेन थापा चयन हुनुभएको छ ।
त्यस्तै महाधिवेशनले क्षेत्रीय संयोजक र उपसंयोजक पनि चयन गरेको छ । जसमा एसिया प्रशान्तको संयोजक डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तरदक्षिण अमेरिकामा ढिलुराम पराजुली, ओसियानामा इर्सद अहमद रहनुभएको छ ।
सर्वोच्च अदालतबाट २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन भन्दै ब्युँताइएको शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले यो महाविधेशन गराएको हो ।
१०औं महाधिवेशनको प्रतिनिधि चयनमा विवाद भएपछि २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१ औं बैठकले तत्कालीन संरक्षक शेष घलेको संयोजकत्वमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेको ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । यसलाई नै अदालतले ब्युँताइदिएको हो ।
यो महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी र उनको कार्यसमिति, संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितका संस्थापकको सहभागिता र संलग्नता छैन । केसी पक्षले आफ्नो कार्यसमितिको पदावधि २०८२ कात्तिक ४ गतेसम्म रहने दाबी गरेको छ ।
एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिशेन भएको बताउनुभएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण