
काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट पुन:स्थापित भएको उच्चस्तरीय समितिको आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ ।
महाधिवेशन परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, बद्री केसी नेतृत्वको कार्यसमितिको सहभागिता छैन । महाधिवेशनमा प्रवासमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका प्रतिनिधि सहभागी छन् । उच्चस्तरीय समितिका अनुसार २६ सय प्रतिनिधि दर्ता भएको जनाएको छ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गर्नुभएको छ । उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री डा राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा