
काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८१ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सोनाम सज्जन किरातीलाई प्रदान गरिने निर्णय भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।
इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २५ (लिब्जु–भुम्जुको ९८औं शृंखला), २०८१ साउन–असोजमा प्रकाशित कवि किरातीको ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) शीर्षक कवितालाई पुरस्कारको निम्ति चयन गरिएको छ ।
यस कविताले ग्रामीण जनजीवनको चित्रण गरेको छ । रोजगारीका निम्ति सिलोङ गएका एक युवाले उतैबाट खसिनीलाई जीवनसंगीन बनाएर घर भित्र्याएपछिको
गृहस्थी जीवनको सुन्दर बयान छ । घरगृस्थी धान्ने परम्पराको मौलिकता आफ्नै छ तर पुर्खाले आर्जेको मातृभाषा र संस्कृति विस्तारै लोप हुँदै गरेको तथा युवा पुस्ताले बिर्सिदै गएको प्रसंगलाई काव्यमय ढंगले प्रस्तुत गरिएको छ
।
आमा प्रेमसरी राई र बुबा रन्जित राईको जेठो छोरा देवराज राई (सोनाम सज्जन किराती)को जन्म २०४३ माघ १० गते, हलेसी तुवाचुङ नगरपालिका–२ दाम्ली, खोटाङमा भएको हो । उहाँले स्नातक अध्ययन गर्नुभएको छ । कविता, निबन्ध, लेख लेख्दै आउनु भएको छ । कवि तथा लेखक किरातीको ‘नपुंसक स्वर्गको
विरुद्ध आगो’ (कविता संग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरण संग्रह, २०८०) प्रकाशित छन् ।
नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट हालसम्म २४ जना कविहरू पुरस्कृत भएका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । यो पुरस्कार २०८२ मंसिर
२० गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ माथिल्लो रिचुवा गाउँमा हुने २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठीमा प्रदान गरिनेछ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी