
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले म्यान्मार भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री तथा सहयोग पुर्याउन अपिल गरेको छ ।
उच्चस्तरीय समिति संयोजक डा. शेष घलेले शुक्रबार २५ मार्च २०२५ मा प्रेस विज्ञप्ति जारी गर्दै संकटको घडीमा प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुऱ्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र सहयोगी हातहरूलाई आह्वान गर्नुभएको हो ।
‘गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, एनआरएनए उच्चस्तरीय समितिले उद्धार तथा राहत कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
साथै, यो संकटको घडीमा प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुऱ्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र सहयोगी हातहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा छ ।
म्यानमारलाई केन्द्रविन्दू बनाएर शुक्रबार आएको विनाशकारी भूकम्पका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति एनआरएनए उच्चस्तरीय समितिले गहिरो दुःख व्यक्त गरेको छ । यस भूकम्पको असर छिमेकी पर्यटकीय देश थाइल्याण्डमा समेत गम्भीर रूपमा परेकोले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय र अन्य प्रभावित नागरिकको सुरक्षाका लागि एनआरएनए थाइल्याण्ड शाखालाई उद्धार तथा राहत कार्यमा सक्दो सहयोग पुऱ्याउन पनि डा घलेले अनुरोध गर्नुभएको छ ।
साथै एनआरएनएको तर्फबाट उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।पछिल्लो जानकारीअनुसार म्यानमारमा शुक्रबार आएको भूकम्पमा परी १४४ जनाको मृत्यु हुनुका साथै ७३२ भन्दा बढी घाइते भएका छन् ।

बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह