
लन्डन । बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया ६ दिने भ्रमणका लागि मंगलबार नेपाल पुग्नुभएको छ ।
राजकुमार दम्पती फरकफरक समयमा मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । राजकुमार एडवार्ड भारत भ्रमणबाट र राजकुमारी सोफिया लन्डनबाट काठमाडौं उत्रिनुभएको हो । उहाँहरुलाई विमानस्थलमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।
नेपाल रहँदा राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने, काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई पोखरा भ्रमणमा जानेहुनेछ । पोखरामा उहाँहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नुहुनेछ भने उहाँहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ ।
राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुनुहुनु्छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि