काठमाडौं । भारतमा रेल दुर्घटनामा परी ७ नेपालीसहित १३ जनाको ज्यान गएको छ ।

बुधबार महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको दुर्घटनामा ४ जना अछामका, एक जना कैलाली र दुई जना कोशी प्रदेशका रहेका नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा अछामको पंचदेवल विनायक नगपालिका – ४ का नन्दाराम विक , उहाँकी श्रीमती मैसरा विक, छोरा हिमु विक ,कलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षीया जयकला कामी रहनुभएको छ ।
त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका –६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, नेपालको ठेगाना नखुलेकका राधेश्याम भाइ र लच्छिराम कन्नु पासवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालका हृयुजला सावन्त, धर्मबहादुर सावन्त र दिपक थापाको विघ्नहर्ता अस्पताल पाचोरामा उपचार भइरहेको छ ।महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए ।
रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए ।
त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन