
नयाँ दिल्ली । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण भारतमा १२ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भन्नुभयो, “मानिसहरूलाई रेलले किचेको छ । १२ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।”
आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने तत्काल स्पष्ट भएको छैन । भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रुहरू रेलबाट ओर्लिएको’ बताएका छन् । “त्यसै बेलाविपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो”, प्रवक्ताले भने ।
भारतका गृहमन्त्री अमित शाहले ‘यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना’ व्यक्त गर्नुभयो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले यो ‘दुःखद घटना’ ‘अत्यन्त विचलित पार्ने’ भएको बताउनुभयो । एक्समा उहाँले लेख्नुभएको छ, “यस दुःखद जनधनको क्षतिप्रति अत्यन्त दुःखी छु ।”
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
नेपाल सरकार मन्त्रिपरिषद् बैठक : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन