लन्डन । नेपालमा करोड क्लव प्रवेश गर्न सफल डार्क कमेडी चलचित्र “झोले” यसै साता लण्डनस्थित वुलवीच ग्राण्ड थिएटरमा हाउसफूलसहित प्रदर्शन गरिएको छ । “झोले” लाई लण्डनमा के. के. मुभिज् प्रोडक्स्नले कपिलवस्तु समाजको सहकार्यमा प्रदर्शन गरेको हो ।
दीपेन्द्र के. खनाल निर्देशित “झोले” मा दयाहाङ्ग राई, प्रियंका कार्की शीर्ष भूमिकामा छन् । यसै चलचित्रबाट दयाहाङ्ग राई र प्रियंका कार्कीले पपुलर नायक नायिकाको अवार्ड पाएका थिए ।
“झोले” नेपालबाट निर्देशक, चलचित्र सेन्सर बोर्डका सदस्य तथा दर्शना आर्ट्सका सिइओ सुरेश दर्पण पोखरेलले बेलायत ल्याएका हुन् । चलचित्र प्रदर्शन अगाडि मनिष श्रेष्ठले संचालन गरेको औपचारिक कार्यक्रममा कपिलवस्तु समाजका अध्यक्ष दीपक श्रेष्ठ र एन्. आर्. एन्. ए. आइसीसी सदस्य तथा समाजसेवी विनोद ज्ञवालीले फूल र खादाले संयुक्त रुपमा निर्देशक पोखरेललाई सम्मान गरेका थिए । सोही अवसरमा कपिलवस्तु समाजका महासचिव हरिश ज्ञवालीले संस्था र भावी योजनाबारे प्रकाश पारेका थिए ।
चलचित्र प्रदर्शनीमा विशेष गरी श्री ५ वीरेन्द्र फुटबल क्लब यूके, विकेश बस्नेत, रमा लामिछाने, कृष्ण सुवेदी, दिपक गुरुङ लगायतले सहयोग गरेका थिए भने मिडियातर्फ
यूरोपको नेपालीपत्र थियो । चलचित्र “झोले” लण्डनका अन्य विभिन्न शहरमा प्रर्दशन गरिने भएको छ ।
यसैबीच के. के. मुभिज प्रोडक्सन र मुभी क्लबको संयुक्त आयोजनामा यही १४ सेप्टेम्बर लोटस क्लब वुलवीचमा यस वर्ष सर्वाधिक व्यापार गर्न सफल चलचित्र “नाई नभन्नु ल २” प्रदर्शन गरिने भएको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान