
लन्डन । तमु धीं यूकेले टेनिसकी उदीयमान खेलाडी सिभाली गुरुङ र तेक्वान्दो खेलाडी रेखमाया गुरुङलाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार २०२५’ प्रदान गरेको छ ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बुधबार १८ फेब्रुअरीमा पोखरामा आयोजित २५ औं वार्षिकोत्सवका अवसरमा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङलगायतले खेलाडीद्वयलाई नगद राशि, प्रमाणपत्रलगायतबाट सम्मान गर्नुभएको हो ।
तमु धीं यूकेले तेक्वान्दो खेलाडी रेखमाया र सिभालीलाई ‘तमु प्रतिभा पुरस्कार २०२५’बाट सम्मान गर्ने घोषणा गत २७ डिसेम्बर २०२५ मा अल्डरसटमा आयोजित ल्होछार कार्यक्रममा गरेको थियो । तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेखमाया गण्डकी प्रदेश खेलकुद परिषद्की सदस्यसमेत हुनुहुन्छ । उहाँ हाल पोखरामा एब्सोल्युट तेक्वान्दो सञ्चालन गर्दै खेलाडी उत्पादनमा योगदान दिइरहनुभएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी रेखमायालाई तेक्वान्दो क्षेत्रमा निरन्तर योगदान पुर्याएको कदरस्वरूप यो सम्मान प्रदान गरिएको तमु धीं यूकेले जनाएको छ ।
त्यसैगरी, १४ वर्षीया टेनिस खेलाडी शिभाली नेपाली टेनिसकी उदीयमान प्रतिभा हुन् । कम उमेरमै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धासँगै नेपाली टेनिसमा उनले लगातार प्राप्त गरेको उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै तमु धीं यूकेले सम्मान गर्ने निर्णय गरेको जनाएको छ ।
तमु धीं यूकेले नेपाली खेलकुद, कला र संस्कृतिमा योगदान पुर्याउने प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कार गत वर्ष राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की)लाई प्रदान गरेको थियो ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप