लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र नेपाल मुक्तक प्रतिष्ठान यूकेको संयुक्त आयोजनामा अनेसास स्थापना दिवस र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार ५ जनवरी २०२५ मा साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा अनेसास बेलायतको वार्षिक क्यालेन्डरअनुसार अनेसास स्थापना दिवस, स्रष्टा सम्मान साथै नयाँ वर्ष शुभकामना (मुक्तक प्रधान रचना वाचन ) कार्यक्रम सम्पन्न भएको हो । अनेसास अध्यक्ष राज श्रेष्ठको सभापतित्व, नेमुप्र केन्द्रिय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्य तथा नेमुप्र केन्द्रिय उपाध्यक्ष वियोगी बुढाथोकीको विशेष आतिथ्य साथै नेपाली साहित्य विकास परिषद यूकेका पूर्वाध्यक्ष हरिसिंह थापाको आतिथ्य थियो।
सहआयोजक नेपाल मुक्तक प्रतिष्ठान यूके अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले स्वागत मन्तब्यको क्रममा डिसेम्बर वरपर जन्म परेका स्वर सम्राट नारायण गोपाल, चित्रकार लैनसिं वाङ्ग्देल, आशुकवि लेखनाथ पौडेल, माष्टर मित्र सेन, संगीतकार अम्बर गुरुङ तथा भूपी शेरचनका विविध विधाका श्रष्टाहरुका सम्मान, अनेसास स्थापना दिवस साथै अंग्रेजी नयाँ वर्षको शुभकामना साँझको रुपमा मनाइएको बताउनुभयो ।
सो अवसरमा रविन्द्र जोशीले बाँसुरीको धूनद्वारा स्रष्टाहरुमा सम्मान व्यक्त गर्नुभयो । सोही कार्यक्रममा विमल भौकाजीद्वारा सम्पादित “झ्यालबाट विश्व चियाउँदै”, शिव प्रधानकृत उपन्यास “प्रेमाश्रु” , सल्लाहकार सुमलकुमार गुरुङज्यूद्वारा सम्पादित साउथ इस्ट रिजनल तमु धीं लन्डनको “आशिमलाँ” विमोचन गरिएको थियो ।
साथै पुस्तक छापिन अलिकति ढिलो भएकोले सल्लाहकार डा. रुपक श्रेष्ठद्वारा सम्पादित वियोगी बुझाथोकीको शिवपुरी सन्देश-बेलायत विशेषांक (१०८ औं अंक ) अनलाइनबाट विमोचन गरिएको उपाध्यक्ष माया गुरुङले जनकारी दिनुभयो ।

उक्त विमोचित कृतिहरुमाथि डा रुपक श्रेष्ठले संक्षिप्त टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोने, विशेष अतिथि वियोगी बुढाथोकी ( उपाध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान केन्द्र), शिव प्रधान, कार्यसमिति पदाधिकारीहरू, साहित्यकारहरूलगायत रहनुभएको थियो । कार्यक्रममा नेहा ढकाल, निष्ठा ढकाल, दुर्गा ढकाल, जीत बुढाथोकीजी, रघुनाथ भण्डारी, कुमार केसी, आहिल्या सुवाल, दुर्गा लिम्बू, रवीन्द्र जोशी, हरिसिंह थापा रचना वाचन गर्नुभएको थियो । डा श्रेष्ठले बेलायती-नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरद्वारा २०११ मा स्थापित ‘अनेसास सुप्रमा-ईप्रमा पुरस्कार’ को राशि यस वर्षदेखि पाँच सय एक पाउण्ड हुने र संसारभरबाट प्रकाशितमध्ये उत्कृष्ट एक पुस्तकलाई पुरष्कृत गरिने सन्देश पुरस्कार संस्थापक परिवारका सदस्य सविता मानन्धरबाट प्राप्त भएको सुनाउँदै संस्थापकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सो पुरस्कार ईश्वर मानन्धर जन्मजयन्तीको अवसरमा प्रदान गर्ने गरिएको छ । उपन्यासकार शिव प्रधानले आफ्नो कृति लेखनको पृष्ठभूमिको चर्चा गर्नुभयो । नेमुप्रले शिव प्रधान तथा अनेसासले कवि दुर्गा ढकाललाई आजीवन सदस्यता प्रदान गरेका छन् ।
कार्यक्रमको संयोजन डा. रुपक श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सुन्दर तवरले संचालन मुक्तक प्रतिष्ठान यूकेका महासचिव गंगा भण्डारी र सदस्य अहिल्या सुवाल गर्नुभएको थियो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र