लन्डन । लोकप्रिय ब्यान्ड कन्दराले शनिबार लन्डनको प्रतिष्ठित ओटुमा कन्सर्ट गर्दै छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा संसारका विभिन्न देशहरुमा प्रस्तुति दिने तयारी थालेको कन्दराले पहिलो यात्रा बेलायतको ओटुबाट सुरु गर्न लागेको हो ।

उक्त कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहित कन्दरा ब्यान्डका ७ सदस्यहरु बिहीबार नै लन्डन उत्रिसक्नुभएको छ ।
‘इन्डिगो एट ओटु’मा हुन लागेको ‘कन्दरा लाइभ इन यूके’का लागि आफूहरु उत्साहित भएको गायक श्रेष्ठले बताउनुभएको छ ।
मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले सबै कलाकार आइसकेकाले आफूहरु थप उत्साहित भएको बताउनुभयो ।४ जनवरी साँझ ‘कन्दरा लाइभ इन यूके’मा स्वप्न सुमन र ब्यान्डको ओपनिङ प्रस्तुति रहनेछ । साँझ ठीक ७ बजे सुरु हुने कन्सर्टमा स्वप्न एन्ड ब्यान्डले पहिलो एक घण्टा प्रस्तुति गर्नेछ भने त्यसपछिका लगातार दुई घण्टा कन्दरा ब्यान्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
गायक विवेकका अनुसार बेलायतपछि ब्यान्डले दुबई, कतार र हङकङमा कन्सर्ट गर्नेछ । अंग्रेजी नयाँ वर्षकै छेकोमा यो ब्यान्डले ‘द सङ अफ होप’ बोलको गीत सार्वजनिक गरेको छ । यसअघि ब्यान्डले ‘विचरा म’ बोलको गीत सार्वजनिक गरेको थियो ।
गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ब्याण्डले ‘पहिला घरदेश अनि परदेश’ थिममा सांगीतिक प्रस्तुति दिएको थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा