
काठमाडौं । युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
शरणार्थी तथा आप्रवासीहरुसम्बन्धी कार्यरत संस्था “लोपे”का लागि नर्वेको समावेशिकरण तथा विविधता निर्देशनालय (आईएमडीआई)ले आङ्देम्बेलगायत अन्य चार जनालाई त्यहाँको प्रतिष्ठित पुरस्कार “मङ्गफोल्ड पुरस्कार” २०२४ प्रदान गरेको हो । आईएमडीआईका वरिष्ठ सल्लाहकार क्विन ससिना वाकु जोरामोले आङ्देम्बेलगायतलाई पुरस्कृत गरेकी थिइन् । कार्यक्रममा सियन नगरपालिकाका मेयरलगायत विभिन्न प्रतिष्ठीत ब्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।
पुरस्कार पाउनेहरुमा उहाँलगायत पेरी इल्का टिकम्यान, एलेना मन्डिका र एमी अन्वेन हुनुहुन्छ । यो पुरस्कार हरेक वर्ष समावेशीकरण र विविधता प्रवर्द्धन गर्ने संस्था तथा ब्यक्तिलाई प्रदान गरिन्छ ।
पुरस्कार पाउने संस्था लोपे नर्वेको सियान सहरमा क्रियाशील रहँदै आएको छ । यो संस्थाले मानव मर्यादा, परोपकार, लोकतन्त्र र समानताका मूल्यहरुलाई प्रवर्द्धनको क्षेत्रमा काम गर्छ ।
नेपालमा रहँदा नाटक, कथा तथा कविता लेखनमा सक्रिय आङ्देम्बे हालः परिवारसहित नर्वेमा बसोबास गर्नुहुन्छ । उहाँ चलचित्र निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । त्यहाँ उहाँ फिल्म, भाषा, साहित्य तथा फोटोग्राफी क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । निकट भविष्यमै उहाँको एक वृत्तचित्र प्रदर्शनमा आउन लागेको छ भने नर्वेजियन भाषामा लेखिएको कविता सङ्ग्रह पनि प्रकाशोन्मुख छ ।
पुरस्कार पाएपछि उहाँले आफू उत्साहित भएको बताउनुभयो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान