
लन्डन । एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को सिजन-२ को आउँदो माघ १२ गतेबाट विश्वभर अडिसन सुरु हुने भएको छ ।
इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई र सिलीगुडीमा हुनेछन् । त्यस्तै नेपालमा पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने आयोजकद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूले साथ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वभर छरिएका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने कदम स्वरुप यस्तो कार्यक्रमको आयोजना गर्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा दुवै शोका निर्णायक, सञ्चालक र निर्देशकहरूको नाम घोषणा गरिएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’का लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार, पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरूङ अनुबन्ध हुनुभएको छ । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ का निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, कोरियोग्राफरहरू कविराज गहतराज, शंकर बीसी र किरण थापा रहनु हुनेछ ।
इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिस्पर्धाका लागि काठमाडौंमा हुनेछ । भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी २४० प्रतिस्पर्धीहरूले काठमाडौंमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर