
काठमाडौँ । बेलायतसहित विभिन्न ११ देशका नेपाली राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घले छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो ।
नेपालमा लगानीकर्ताहरुलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिुनपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उहाँले सन् २०२६ मा मुलुक मध्यमआययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन उहाँले प्रस्तावित राजदूतहरूसँग आग्रह गर्नुभयो ।
परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृत बहादुर राईले देशको प्रतिनिधिको रुपमा राजदूतहरुले नेपाली वस्तुहरुको प्रवद्र्धन, नेपाली व्यवसायीहरुलाई सहजीकरण गर्ने बताउनुभयो । उहाँले नेपाली व्यवसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा सघाउन आग्रह गर्नुभयो ।
उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत् पूर्वाधार विकासमा लगानी केन्द्रित गर्न आफूहरू लाग्ने प्रस्तावित राजदूतहरुले व्यक्त गर्नुभयो ।
छलफलमा प्रस्तावित राजदूतहरु डा. शङ्कर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जङ्गबहादुर चौहान, प्राध्यापक कपिलमान श्रेष्ठ, प्रकाशमणी पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली र डा. नेत्रप्रसाद तिम्सिना सहभागी हुनुहुन्थ्यो ।
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय