लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा र नेपाली सांस्कृतिक नृत्य सिकाइरहेको छ ।

जीआरएनसीले प्रत्येक आइतबार १० देखि ११ बजेसम्म ओयमल स्कुलमा नेपाली भाषाको कक्षा र ११ देखि १२ बजेसम्म नृत्य प्रशिक्षण गराउँदै आएको हो । नेपाली भाषा कक्षा प्रशिक्षण पत्रकारसमेत रहेकी गोमा रानाले दिने गर्नुभएको छ ।
जीआरएनसीकी उपाध्यक्ष सुष्मा गुरुङले संयोजन गर्दै आएको नेपाली भाषा कक्षामा सहायक प्रशिक्षक विभा गुरुङ हुनुहुन्छ । रानाले करिब ७ महिना नेपाली भाषा सिकाउनु हुनेछ । त्यसमा जीआरएनसीका अध्यक्ष मान गुरुङले समेत सहयोग गरिरहनुभएङ्को छ ।
यस्तै नेपाली सांस्कृतिक नृत्यको संयोजक जीआरएनसीबाट दिनेश गुरुङ र सयपत्री नेपाली सांस्कृतिक समूह यूकेका संयोजक कविता घर्तीमगर गुरुङले गर्दै आउनुभएको छ । प्रशिक्षक भने नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक शेखर घर्तीमगर रहनुभएको छ ।
दुवै तालिम सशुल्क भए पनि निम्न आय भएका र विशेषक आवश्यकता भएका बालबालिकाका लागि सहुलियत दिँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रशिक्षणमा ५ वर्षभन्दा माथि उमेर समूहका बालबालिकाहरु सहभागी छन् ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित