
काठमाडौं । लोकगायक कृष्ण थापामगरको एकल सांगीतिक साँझ हुने भएको छ ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा पर्यटकीय नगरी पोखरामा आगामी पुस ६ गते शनिबार गायक थापामगरको एकल साँझ हुन लागेको हो । कार्यक्रम पोखरा सभागृहमा दिउँसो १ बजेपछि सुरु हुने छ ।
कार्यक्रमको व्यवस्थापकीय र प्रचारप्रचारको काम भइरहेको आयोजकले जनाएको छ ।
दर्जनौं मौलिक गीत संगीतमार्फत नेपाली लोकगीतप्रेमी स्रोताहरुको मन जित्न सफल प्रतिभाशाली गायक गायक थापामगरका काठमाडौं तिनकुने, सारङ्गीको तार, लाहुरे फुली पाते बुलाँकी, जुनी जुनीलाईलगायत लोकगीत, झ्याउरे, सालैजो, पञ्चेबाजाजस्ता दर्जनौं गीत छन् ।
आयोजकका अनुसार यो एकल साँझ गर्नुको मुख्य उद्देश्य नेपाली लोकगीत संगीतको संरक्षण र प्रवर्द्धन गर्न, लोक गायक कृष्ण थापालाई सांगीतिक दुनियाँमा थप क्रियाशील गराउन र उनका हालसम्मका गीत संगीत संकलन, पुनः उत्पादन तथा प्रवर्द्धन गर्ने रहेको छ ।
कृष्ण थापामगरको परिचय
मौलिक लोक गीत जगेर्ना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका प्रतिभाशाली लोक गायकको नाम हो, कृष्ण थापा मगर । वि.सं. २०२५ सालमा तनहुँ जिल्ला, बसन्तपुर गाविस. वडा नं. ३, मोहरियामा स्वर्गीय सुवेदार नवल सिंह थापामगर र श्रीमती स्व. नन्दकुमारी थापामगरको साइँला सुपुत्रको रुपमा जन्मिएका कृष्ण सानै उमेरदेखि लोकदोहोरी गायनमा गहिरो अभिरुची राख्नुहुन्थ्यो । सोही अभिरुचीको प्रस्फुटन स्वरुप गाउँमा वन जंगलमा घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा होस् त्यतिखेरका चर्चित लोकगायक जनकविकेशरी धर्मराज थापा, स्वर्गीय लोकबहादुर क्षेत्री, स्वर्गीय झलकमान गन्धर्व, कविता आलेमगर, स्वर्गीय तीर्थबहादुर गन्धर्ब, सावित्री शाह, प्रेमराजा महत, बमबहादुर कार्की र भेंडीखर्के साइँला ‘उर्फ’ दीर्घराज अधिकारी जस्ता चर्चित गायक, गायिकाहरुका लोकभाकाहरु गाएर वनजंगल, पाखापखेरा गुञ्जयमान गराउनुहुन्थ्यो ।
स्थानीय चन्द्रावती माध्यमिक विद्यालयमा प्राथमिक शिक्षा हासिल गर्दादेखि नै लोक गीतसंगीतप्रति गहिरो अभिरुचि रहे पनि माध्यमिक तहमा अध्ययन गर्दासम्म गायन प्रतियोगितामा भाग लिने अवसर प्राप्त नगरेका थापामगरले गाउँमा स्थानीयस्तरमा आयोजना गरिने विविध कार्यक्रमहरुमा लोक गीत गाउने गर्नुहुन्थ्यो ।
कर्णप्रिय स्वरका धनी कृष्णथापा मगरले वि.स. २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो भने २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल हुनुभयो ।
वि.स. २०४४. देखि २०४५ सालसम्म छोटो समय नेपाल प्रहरीमा जागिरेको रुपमा रहेर राष्ट्र सेवासमेत गरेका थापामगरले २०४८ सालमा पितृ वियोग र २०६२ मा मातृवियोग खेप्नुभयो । उहाँ मौलिक लोकगायनमा सक्रिय रहेबापत दर्जनौं संघसंस्थाबाट सम्मानित समेत भइसक्नुभएको छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर