
अमेरिका । आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम वार्षिक साधारणसभा यही आगामी २ फेब्रुअरी २०२५ अर्थात् २१ माघ २०८१ मा अमेरिकामा हुने भएको छ ।
अमेरिकामा रहेर नेपाली साहित्यको विशेषगरी गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको साझा संस्था ‘आप्रवासी नेपाली गीतकार संघ, अमेरिकाले आफ्नो प्रथम वार्षिक साधारणसभा आगामी २ फेब्रुअरीका दिन अमेरिकाको ओहायो राज्यमा हुने भएको हो । उक्त दिन सरस्वती पूजा परेकोले हरेक वर्ष संघको वार्षिक अधिवेशन सरस्वती पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ ।
नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्यसम्बन्धी महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिनुका साथै केही नयाँ कृतिहरुको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभएको छ ।
संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील रहेको संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले जानकारी गराउनुभयो ।
उक्त समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने भएको छ । उक्त सभाबाट संस्थाको भावी योजना एवं कार्यदिशा तय गर्ने तयारी छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह