लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च महिनाभित्र सम्पूर्ण क्षेत्रीय परिषद्को सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको १०२औँ आईसीसी बैठकले एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन कम्बोडियामा र युरोप क्षेत्रीय सम्मेलन माल्टा गर्ने निर्णय गरेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणीन्द्र पन्तले जानकारी दिनुभएको छ । उहाँले अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिने बताउनुभयो ।

यस्तै, संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन ‘मेची कप फुटबल’ प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माण गर्न आवश्यक सहयोग गर्ने पनि निर्णय गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पीएनओ सम्मेलन गर्ने निर्णय भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघका सबै संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत जानकारी गराउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको संघले जनाएको छ।बैठकले संघको प्रजातान्त्रिक प्रणाली, विधि, र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वानसमेत गरेको छ ।
सर्वोच्च अदालतले सन् २०२४ अगस्टमा गरेको फैसलाले एनआरएनएको ११ औँ महाधिवेशनलाई स्वायत्त, सार्वभौम र २/२ वर्षमा नियमित रूपमा सञ्चालन हुने वैधानिक अधिवेशनका रूपमा मान्यता दिएको थियो ।
सर्वोच्चको सो फैसला प्रति वर्तमान कार्यसमितिले पूर्ण सम्मान जनाउँदै संघको एकता र प्रगतिका लागि प्रतिबद्धतासमेत जाहेर गरेको छ ।

यसैगरी, बैठकले हालै सम्पन्न एनआरएन डे २०२४, ग्लोबल कन्क्लेव तथा वार्षिक साधारण सभा २०२४ भव्य रूपमा सम्पन्न भएकोमा नेपाल सरकारलगायत सबै सरोकारवालालाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु