
काठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
धरान सरोकार समाजले शनिबार गरेको सम्मानमा आयोजना गरेको कार्यक्रममा घिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्चपदस्थ अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पुर्याउने र भूतपूर्व गोर्खा सैनिकसम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन हरतरहले प्रयास गर्ने बताउनुभयो ।
पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा, सदस्य सन्दीप भण्डारीलगायत काठमाडौँलाई कार्यस्थल बनाएर लामो समयदेखि यहाँ रहेका धरानका बासिन्दाले नेपाल–बेलायतसम्बन्ध विस्तारमा प्रस्तावित राजदूत घिमिरेको सफल कार्यकालको कामना गर्नुभएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि