लन्डन । बेलायतमा ९ नोभेम्बर २०२४ मा ‘रेमेम्बरेन्स डे’ मनाइएको छ । हरेक वर्षजस्तै अल्डरसटको प्रिन्सेस् गार्डेनमा ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा शनिबार ‘रेमेम्बरेन्स डे’ मनाइएको हो ।

कार्यक्रममा बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र शिव कल्चर एन्ड कम्युनिटी सेन्टरबाट आउनुभएका धर्मगुरुद्वय मन्त्र वाचन गर्नुभएको थियो । कार्यक्रमका अवसरमा पूर्वगोर्खाहरुको सक्रियतामा निर्मित पहिलो भिक्टोरिया क्रस (भीसी) कुलवीर थापाको स्मारकमा पालैपालो रिथ अर्पण गरिएको थियो ।
रिथ चढाउनेहरुमा रसमूरका मेयर मारा मकुनुरा, सांसद एलेक्स बेकर, अल्डरसटका ग्यारिजन कमान्डर, जीआरएनसीका अध्यक्ष मान गुरुङ, क्यूओजीएलआरका गोर्खा मेजर भिम श्रीस मगर र अन्य संघसंस्थाका दर्जनभन्दा बढी व्यक्ति थिए ।कार्यक्रमका सहसंयोजक क्या. राजेन्द्रमान गुरुङको पहलमा द ओल्ड बेसीङ रोएल ब्रिटिस लिजन ब्यान्ड, बिकुलर र स्टायन्डर ब्यरियरको उपस्थिति र प्रस्तुति रौनक देखिएको थियो ।

संयोजक मेजर खेम गौचनको पहलमा क्यूओजीएलआरका ४५ जना जवानहरुको सहभागी र मार्चपास उत्तम देखिएको थियो । उक्त समूहमा कमान्डर, गोर्खा मेजर र आरएसएम लगायतको सहभागी रहेको थियो । कार्यक्रममा जीआरएनसी, गोर्खा मेमोरियल प्रोजेक्ट टिम, एनआरएनए यूके, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरलगायत संस्थाहरुको पनि सहभागिता थियो । कार्यक्रममा सांसद, नेता, मेयर, काउन्सिलर, भूपू ब्रिटिस गोर्खाहरु, वहालवाला सेनाहरु, सर्वसाधारण करिब २ सय जना सहभागी थिए । ‘रेमेम्बरेन्स डे’ पहिलो र दोस्रो विश्वयुद्धमा शहादत प्राप्त सम्पूर्ण अग्रजहरुको सम्झनामा मनाइने गरिन्छ ।
संयोजक तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ र मेजर खिम गौचनले कार्यक्रम संचालन गर्नुभएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि