
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाइ गरेको छ ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, प्रमुख लामा खेन्पो सेनाङ्ग, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, आमाहरु र सल्लाहकारहरुले शुक्रबार खादा लगाई बिदाइ गर्नुभएको हो । काठमाडौं बौद्धस्थित शेछेन गुम्बामा आबद्ध लोपेन गत मे महिनादेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिनुका साथै विभिन्न पूजापाठहरु गर्दै आउनुभएको थियो । भुटान घर भएका लोपेन दिल्ली हुँदै भुटान फर्किन लाग्नुभएको हो ।

बीसीसी युकेले गत २० अक्टोबरका दिन औपचारिक रुपमा बिदाइ गरिएको भए तापनि उहाँ शुक्रबार स्वदेश फर्कनुभएको छ । उक्त अवसरमा गुम्बाका धर्म गुरुहरु लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, बीसीसी युकेका पूर्वअध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, सचिव रिन्जी शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङलगायतका आमाहरुले समेत खादा लगाई बिदाइ गर्नुभयो ।
त्यस्तै, उहाँलाई बीसीसी युकेका लामा हर्कजंग घले, पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टसम्म सँगसँगै गई बिदाइ गर्नुभएको थियो ।

सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार