
पोखरा । चारभन्ज्याङ तमु समाज यूकेले पर्वत जिल्ला चारभञ्ज्याङबाट देश विदेशमा रहेका युवाहरुलाई आफ्नो गाउँ चारभञ्ज्याङ युथ भिजिट बुधबार पोखराबाट सुरु गरेको छ ।
पोखरामा आइपुगेको चारभन्ज्याङ युथ भिजिट समूहलाई बुधबार चारभन्ज्याङ तमु समाज पोखरामा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्वागत एवम् भ्रमण सफलताको शुभकामना कार्यक्रम गरिएको हो।
चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत चारभन्ज्याङ पोखराका अध्यक्ष गणेशबहादुर गुरुङ, भ्रमणको उद्देश्यबारे चारभन्ज्याङ यूकेका अध्यक्ष बेनकुमार गुरुङले जानकारी, आईसीसीका प्रवक्ता कृष्णकुमार गुरुङले भ्रमणको रुट र भ्रमणमा रहेको युवाहरुको तयारी, यसरी नै चारभन्ज्याङ तमु समाज पोखराका पूर्वउपाध्यक्ष काजीमान गुरुङले समेत भ्रमणमा अपनाउनु पर्ने सावधानीका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा लामे गुम्बा पुनर्निर्माणका लागि चारभन्ज्याङ तमु समाजहरुबाट संकलित १३ लाख ६६ हजार ९३५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।
कार्तिक १४ देखि १७ गतेसम्मको युथ भिजिटमा युवाहरुलाई आफ्नो थाकथलो, बाबुबाजेको घर, गाउँ चिनाउने वा परिचित गराउने, युवाहरुलाई आफ्नो गाउँ, गाँउले प्रति अपनत्वको विकास गराउने, रैथाने कला संस्कृति, परम्परा मौलिक रहन सहन प्रति आकर्षित गराउने, युवाहरुबीच चिनजान र अनुभव आदानप्रदान गर्ने, गराउने र चार भन्ज्याङ यूकेले वार्षिक च्यारिटीबाट चारभन्ज्याङ गाउँहरुमा गरिएको सहयोगहरुबारे अवलोकन गराउने उद्देश्यका साथ चारभञ्ज्याङ भिजिट गराउने भएको छ । यसरी नै चारभञ्ज्याङको विकास, प्रगतिका लागि युवाहरुको योगदान गर्न प्रेरित गराउने उद्देश्यसमेत रहेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष गुरुङले बताउनुभयो । यूकेका अध्यक्ष गुरुङको नेतृत्वमा भिजिट कार्यक्रम खाल्टे, ठाना, लामे, महाशिला, धन्तरी, फलामखानी, दाद्रा हुँदै भँगराको भ्रमण गरिने भएको हो । भ्रमणको क्रममा खाल्टे, फलामखानी डाँडा, भंगरामा बसाई रहने छ भने भँगरामा देउसी भैलो कार्यक्रम रहेको छ। यसरी नै कार्तिक १७ गते पोखरा आगमनमा तमु धिं नेपाल केन्द्रीय युवा समितिले स्वागत एवम् अन्तरक्रिया गर्ने भएको छ ।
चारभञ्ज्याङ युथ भिजिटमा यूके, पोखरा र काठमाडौंबाट २० जना युवाहरुको सहभागिता रहेको छ ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय