
पोखरा । चारभन्ज्याङ तमु समाज यूकेले पर्वत जिल्ला चारभञ्ज्याङबाट देश विदेशमा रहेका युवाहरुलाई आफ्नो गाउँ चारभञ्ज्याङ युथ भिजिट बुधबार पोखराबाट सुरु गरेको छ ।
पोखरामा आइपुगेको चारभन्ज्याङ युथ भिजिट समूहलाई बुधबार चारभन्ज्याङ तमु समाज पोखरामा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्वागत एवम् भ्रमण सफलताको शुभकामना कार्यक्रम गरिएको हो।
चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत चारभन्ज्याङ पोखराका अध्यक्ष गणेशबहादुर गुरुङ, भ्रमणको उद्देश्यबारे चारभन्ज्याङ यूकेका अध्यक्ष बेनकुमार गुरुङले जानकारी, आईसीसीका प्रवक्ता कृष्णकुमार गुरुङले भ्रमणको रुट र भ्रमणमा रहेको युवाहरुको तयारी, यसरी नै चारभन्ज्याङ तमु समाज पोखराका पूर्वउपाध्यक्ष काजीमान गुरुङले समेत भ्रमणमा अपनाउनु पर्ने सावधानीका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा लामे गुम्बा पुनर्निर्माणका लागि चारभन्ज्याङ तमु समाजहरुबाट संकलित १३ लाख ६६ हजार ९३५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।
कार्तिक १४ देखि १७ गतेसम्मको युथ भिजिटमा युवाहरुलाई आफ्नो थाकथलो, बाबुबाजेको घर, गाउँ चिनाउने वा परिचित गराउने, युवाहरुलाई आफ्नो गाउँ, गाँउले प्रति अपनत्वको विकास गराउने, रैथाने कला संस्कृति, परम्परा मौलिक रहन सहन प्रति आकर्षित गराउने, युवाहरुबीच चिनजान र अनुभव आदानप्रदान गर्ने, गराउने र चार भन्ज्याङ यूकेले वार्षिक च्यारिटीबाट चारभन्ज्याङ गाउँहरुमा गरिएको सहयोगहरुबारे अवलोकन गराउने उद्देश्यका साथ चारभञ्ज्याङ भिजिट गराउने भएको छ । यसरी नै चारभञ्ज्याङको विकास, प्रगतिका लागि युवाहरुको योगदान गर्न प्रेरित गराउने उद्देश्यसमेत रहेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष गुरुङले बताउनुभयो । यूकेका अध्यक्ष गुरुङको नेतृत्वमा भिजिट कार्यक्रम खाल्टे, ठाना, लामे, महाशिला, धन्तरी, फलामखानी, दाद्रा हुँदै भँगराको भ्रमण गरिने भएको हो । भ्रमणको क्रममा खाल्टे, फलामखानी डाँडा, भंगरामा बसाई रहने छ भने भँगरामा देउसी भैलो कार्यक्रम रहेको छ। यसरी नै कार्तिक १७ गते पोखरा आगमनमा तमु धिं नेपाल केन्द्रीय युवा समितिले स्वागत एवम् अन्तरक्रिया गर्ने भएको छ ।
चारभञ्ज्याङ युथ भिजिटमा यूके, पोखरा र काठमाडौंबाट २० जना युवाहरुको सहभागिता रहेको छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा