
पाँचथर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँचथरको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाका पहिरो प्रभावित १ सय ३४ परिवारलाई राहत वितरण गरेको छ ।
कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावतीको समन्वयमा एनआरएनएको सहयोगमा प्राप्त भएको राहत प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको हो । सांसद लावतीसहितको टोलीले फिदिम नगरपालिकाका ७५ र फालेलुङ गाउँपालिकाका ३९ घर परिवारलाई बिहीबार प्रभावित क्षेत्रमा पुगेर चामल, दाल, नुन, तेल र भुजियालगायत खाद्य सामग्री वितरण गरेको हो । याङवरक गाउँपालिकाका २० घर परिवार प्रभावितलाई शुक्रबार सम्वन्धित वडामा पुगेर राहत सामग्री उपलब्ध गराइने सांसद लावतीले बताउनुभयो ।
असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरको फिदिम, फालेलुङ, याङवरक र फाल्गुनन्द गाउँपालिकाका ५ सय भन्दा धेरै घरमा क्षति पुग्नका साथै सयौं रोपनी जग्गामा लगाइएको कृषिबाली नष्ट भएको छ ।
एनआरएनएले यसअघि काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर लगायत जिल्लामा समेत राहत सामग्री वितरण गरिसकेको छ ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता