
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ ।
सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको उपस्थिति थियो ।
बुद्धपार्कले ल्वाङगाउँको पर्यटन प्रवर्द्धन तथा समृद्धिमा विशेष महत्त्व राख्ने अपेक्षा राखिएको छ । अब ल्वाङ आउने पाहुनाहरुले चियाबारी सँगै बुद्धको दर्शन गर्दै बुद्धपार्कमा बसेर आनन्द लिन सकिने स्थानीय बताउँछन् ।
ल्वाङ सामुदायिक होमस्टे समितिले आयोजना गरेको कार्यक्रमको सभाध्यक्ष होमस्टेका अध्यक्ष सुमित्रा गुरुङ रहनुभएको थियो । कार्यक्रम प्रमुख अतिथि बुद्धमूर्ति निर्माण दाताहरु बलबहादुर गुरुङ र देवशुभा गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा वडा सदस्य अर्जुन परियार, मस्याकु कोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ, ग्रीनहिल क्लबका अध्यक्ष सुजन गुरुङ, ल्होगो तमु सेवा समितिका सचिव कमल गुरुङ, बुद्ध मूर्ति निर्माण समन्वयकर्ता देवराज गुरुङ, बुद्धमूर्ति पूजा धर्मगुरु कुङ्ग ढुन्दुक रहनुभएको थियो ।
कार्यक्रम होमस्टेका निवर्तमान सचिव तीर्थबहादुर गुरुङले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बुद्धपार्कको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई सम्मान गरिएको थियो भने बुद्धमूर्ति दाताहरुलाई ल्वाङ सामुदायिक होमस्टे समितिले मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक चन्दादाताहरु, जग्गादाता र बेलायतबाट क्याप्टेन लक्ष गुरुङको परिवार र गाउँलेहरुको बाक्लो उपस्थिति थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन