
काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका गर्न पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगिएको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।
लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलिमात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । लामिछानेलाई कास्की पोखरा पुर्याउँदा कास्की प्रहरी कार्यालयको अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट जानुभएको थियो ।
लामिछानेलाई त्यहाँ पुर्याउँदा केही रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए । स्थलमार्गबाट लैजाँदा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कारबाही गर भन्दै नाराबाजी पनि गरेका थिए । केही स्थानमा रास्वपा कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।
लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन