
काठमाडौं । हिमाल आरोहणमा विश्व कीर्तिमान कायम गरेका पर्वतारोही निर्मल पूर्जामगर लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा भव्य रुपमा स्वागत गरिएको छ ।
चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरेर फर्किनुभएका पूर्वगोर्खा सैनिक पु्र्जामगरसहित ९ जना विश्वकीर्तिमानी आरोहीलाई सोमबार नेपाल पर्वतारोहण संघ, मगर संघलगायत संघसंस्ठाले भव्य स्वागत गरेका हुन् । अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहण गर्नुभएका पुर्जामगर, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्नुभएकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही १८ वर्षीय निमा रिञ्जी शेर्पालगायतलाई सम्मानसहित त्रिभुवन विमानस्थलमा गरिएको हो ।
यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखर चुम्ने पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने मिङ तेम्बा शेर्पा पनि सम्मानित हुनुभएको छ । कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थलमा बाजा घन्किएको थियो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन