
लन्डन । नेकपा (माओवादी केन्द्र) सँग आबद्ध नेपाल जनप्रगतिशील मञ्च बेलायत र गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले प्राकृतिक प्रकोप पीडित परिवारका लागि २ सय ५० थान सिरक हस्तान्तरण गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को समुस्पस्थितिमा ३ लाख रुपैयाँ बराबरको आवश्यक उपभोग्य सामग्रीहरुमा २ सय ५० थान सिरक हस्तान्तरण गरिएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिनुभयो ।
‘मिति २०८१ साल असोज २८ गते सोमबारका दिन पूर्वप्रधानमन्त्री एवं हाम्रा गौरवशाली पार्टी नेकपा (माओबादी केन्द्र) का केन्द्रीय अध्यक्ष कमरेड “प्रचण्ड” कै समुस्पस्थितिमा रु. ३ लाख बराबरको आवश्यक उपभोग्य सामग्रीहरुमा २५० थान सिरक हस्तान्तरण गर्न पाउँदा म र नेपाल जनप्रगतिशिल मञ्च बेलायत गौरवान्वित भएका छौं, धन्यवाद,’ सभापति राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मञ्च र गेसोले पीडित परिवारहरुलाई राहत मिलोस् भन्ने हेतुले संकलन गरिएको रकममा केही थप गरी पार्टी हेडक्वाटरसँग समन्वय गरेर सम्बन्धित परिवारहरुलाई वितरण गर्ने गरी उपभोग्य सामग्री हस्तान्तरण गरेको सभापति राईले प्रस्ट पार्नुभयो ।
२०८१ असोज १०, ११ र १२ गते नेपालमा भएको अविरल वर्षाको कारण निम्तिएको बाढी, पहिरो र डुबानका कारण २ सय ५० जना हाराहारीमा मानिसले ज्यान गुमाए भने कयौं घरबारविहीन भएका छन् । विपतको घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरुको आत्माको चिरशान्तिको कामनासहित सभापति राईले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।

भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन