
लन्डन । साहित्य संगालो परिवार बेलायतले अल्डरसटमा आयोजना गरेको ‘काव्य सन्ध्या’मा २४ थान कविता वाचन गरिएको छ ।
शनिबार २८ सेप्टेम्बर २०२४ का दिन भएको ‘काव्य सन्ध्या’मा आठ जना कविले २४ थान कविता सुनाउनुभएको हो । कविता वाचन गर्नुहुने कविहरुमा जीवन तिवारी, शान्ति लिम्बू, काङमाङ नरेश राई, खुपेन सुनुवार, डा. संगीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, मुकेश राई र निर्भीकजंग रायमाझी रहनुभएको छ ।
कार्यक्रम सञ्चालक साहित्यकार केदार संकेतले गर्नुभएको थियो । कविहरूलाई साहित्यकार डा. मुलिवीर राईले मञ्चमा खादा लगाएर स्वागत गर्नुभएको थियो । करिब दुई घण्टा चलेको कार्यक्रममा प्रत्येक कविले तीनवटा कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारंगी र टुङ्ना बजाएर कवितामा रस भर्नुभएको थियो ।
निकट भविष्यमा साहित्य संगालो टीम बेलायतले सबै कविलाई काव्य सन्ध्याको मञ्च प्रदान गर्ने वचन पनि संस्थापक संकेतले दिनुभयो ।
अन्त्यमा डा. संगीता स्वेच्छा र काङमाङ नरेश राई र शान्ति लिम्बूका नवीनतम कृतिको बिक्री तथा पुस्तक हस्ताक्षर गरिएको थियो । कार्यक्रम सकिएपछि खानपिन तथा जलपान समारोह पनि गरिएको थियो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि